नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बीपीको सिद्धान्त कांग्रेसले नछाडेको बताउनुभएको छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको चालिसाैँ स्मृति दिवसका अवसरमा तनहुँको भानु नगरपालिका–६ बरभञ्ज्याङस्थित बुद्धसिं पार्कमा आज आयोजित वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेस सधैँ विपीको पथमा हिँडिरहेको बताउनुभयो ।
कोभिड–१९ सङ्क्रमित राष्ट्रपति जोसेफ बाइडेनको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको छ । राष्ट्रपति कार्यालयका अधिकारीहरूका अनुसार बाइडेनले दिनको आठ घण्टाभन्दा बढी समय काम गरिरहनुभएकाे छ ।
थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले विश्वासको मत पाउनुभएकाे छ । शनिबार संसद्मा भएको मतदानमा उनले दुईसय ५६ मत पाएका थिए भने विपक्षमा दुईसय छ मत खसेको थियो ।
प्रसिद्ध धार्मिकस्थल कालिका भगवती मन्दिरको विकासको लागि गुठी व्यवस्थापन समितिले पञ्चवर्षीय योजना तयार गरेको छ । गत माघ महिनामा गुठी व्यवस्थापन समितिमा नयाँ कार्यसमिति चयन भएपछि मन्दिरलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको गन्तव्यको रुपमा विकास गर्ने लक्ष्यका साथ ३१ बुँदे रणनीतिक योजना सार्वजनिक गरेको हो ।
बाँकेका कुखुरा व्यवसायीले भारतबाट भइरहेको कुखुरा र चल्लाको अवैध आयात रोक्न बाँकेका प्रमुख जिल्ला अधिकारीलाई गुहारेका छन् । भारतबाट अवैधरुपमा कुखुराको आयात निरन्तर जारी रहेकाले नेपाली किसानका कुखुरा विक्री हुन छाडेको गुनासो गर्दै कुखुरापालक व्यवसायीले जिल्लाका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई अवैध आयात रोक्न गुहारेका हुन् ।
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजलाई समृद्ध नेपाल, सुखी नेपाली बनाउने बताउनुभएको छ ।शनिबार यहाँस्थित कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।
द्रोपदी मुर्म भारतको राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । उहाँ १५ औँ राष्ट्रपतिका रूपमा निर्वाचित हुनुभएको हो ।सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार मुर्मुले विपक्षी दलका यसवन्त सिन्हालाई पराजित गर्दै विजयी हुनुभएको हो ।
राष्ट्रिय सूचना आयोगले ९९.६२ प्रतिशत पुनरावेदन फर्छ्यौट गरेको छ । आयोगका अनुसार एक हजार ८१ वटा पुनरावेदन परेकोमा एक हजार ७७ वटा पुनरावेदन फर्छ्यौट गरेको बताएको हो । आयोगमा महिला तर्फबाट ८३९ वटा र पुरुष तर्फबाट २४२ वटा रहेका छन् ।
विश्वको सबैभन्दा बुढो भाले पान्डाको मृत्यु भएको छ । हङकङको चिडियाघरका राखिएको ३५ वर्षको पान्डामो मृत्यु भएको हो । एन एन नाम राखिएको पाण्डाको उमेर ३५ बराबर मानिसको उमेर १०५ वर्षको हुन्छ ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नं ८ का टीकाप्रताप सेन ठकुरीको दैनिकी च्याउ विक्रीवितरणमा बित्ने गरेको छ । हरेक दिन विहान
रुपन्देही जिल्लाको सैनामैना नगरपालिकाका विभिन्न स्थानबाट एक केजी पाँचसय ग्राम गाँजासहित दुई युवा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय सालझण्डीको टोलीले ती दुई युवालाई सूचनाका आधारमा पक्राउ गरेको जनाएको छ ।
सशस्त्र प्रहरी बलले नेपाल भारत सीमाबाट यार्सागुम्बासहित एक जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुलरिया नगरपालिका–११ का ३१ वर्षीय कमाल अहमद खाँ रहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
गएरातिको अविरल वर्षाका कारण मेलम्ची–हेलम्बु सडकको विभिन्न खण्ड बगाएको छ । हेलम्बु गापा–४ स्थित सडक बगाएका कारण बिहानैदेखि उक्त सडक अवरुद्ध भएको छ । त्यसकारण यातायातका साधन ठप्प छन् ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्वार्थको एकता स्वार्थकै टकरावले फुट्ने बताउनुभएको छ । यहाँस्थित बुधबार आयोजित साे पार्टीकाे बागमती प्रदेशस्तरीय भेला तथा प्रशिक्षणमा उहाँले स्वार्थको गठबन्धन भत्काउन कुनै आवश्यकता नभएको भन्नुभएकाे हाे ।
बर्दियाको गेरुवा गाउँपालिकामा यात्रुबाहक गाडीले ठक्कर दिँदा एकको मृत्यु भएको छ । गेरुवा गाउँपालिका–६ नौरंगामा यात्रुबाहक गाडीले ठक्कर दिँदा पैदलयात्री राजापुर नगरपालिका –१ का ३२ वर्षीय वसन्त थारुको मृत्यु भएको हो ।