• १३ असोज २०८१, आइतबार

यार्सागुम्बासहित एक जना पक्राउ

blog

मुकुन्द सुवेदी

बर्दिया, साउन ५ गते । सशस्त्र प्रहरी बलले नेपाल भारत सीमाबाट यार्सागुम्बासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुलरिया नगरपालिका–११ का ३१ वर्षीय कमाल अहमद खाँ रहेको सशस्त्र प्रहरी बलले जनाएको छ । 

शङ्कास्पद रुपमा भारततर्फ जाँदै गर्दा खाँलाई गुलरिया नगरपालिका—११ गणेशपुरस्थित नेपाल–भारत सीमाबाट बुधबार बेलुका एक किलो ४०० ग्राम यार्सागुम्बासहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल ३१ नं. गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढाले बताउनुभयो ।

उपरीक्षक बुढाका अनुसार खाँको साथबाट टेपले बेरिएर बनाएको पाँच पोका यार्सागुम्बा फेला परेको छ । उक्त यार्सागुम्बाको मूल्य करिब ३९ लाख २० बजार रुपियाँ पर्दछ । पक्राउ परेका खाँलाई कारर्वाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएको छ ।