ग्रुप अफ २० 'जि २०' का आर्थिक नेताहरुले हाल विश्वमा निकै समस्याका रुपमा देखा परिरहेको खाद्य असुरक्षालाई कम गर्ने विषयमा सहमत भएका छन् ।
भारत र चीनका सैन्य अधिकारी सम्मिलित १६औँ चरणको वार्ता चुशुलमा शुरु भएको छ । भारतीय भूमि चुशुल–मोल्दो सीमा बिन्दुमा जारी बैठक पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) बाट सेना फर्काउनेमा केन्द्रित रहेको स्रोतले जनाएको छ ।
श्रीलङ्काका प्रमुख विपक्षी नेता तथा आगामी राष्ट्रपतिको निर्वाचनमा अग्रपङ्क्तिमा रहेका सजिथ प्रेमदासाले अब हुने राष्ट्रपति चुनावप्रति चिन्ता व्यक्त गर्दै वर्तमान संसद्ले बहुमत जनताको प्रतिनिधित्व नगर्ने बताएका छन् ।
कोरोना महामारीले गर्दा उत्पन्न असहज परिस्थितिका कारण गरिबीको चपेटामा परेका विराटनगरका एक हजार ४८४ परिवारले सरकारबाट राहत सुविधा लिएका छन् ।वर्तमान सरकारले कोरोना महामारीका कारण गरिबीको चपेटामा परेका नागरिकलाई राहत दिने घोषणा गरेको थियो ।
आर्थिक वर्ष २०७७/७८ मा बालबालिका जन्मिएदेखि १५ महिनासम्म लगाईन ४८ लाख भन्दा बढी खोप खेर गएको छ । महालेखापरीक्षकको ५९औँ वार्षिक प्रतिवेदन २०७९ ले आर्थिक वर्ष २०७७/७८ मा ४८ लाख ३७६ मात्रा खोप खेर गएको देखाएको छ ।
काठमाडाैँ महानगरपालिकाले कोटेश्वरस्थित दीपनगर टोलका चार सय घर परिवारलाई फोहोर व्यवस्थापनसम्बन्धी जानकारी गराइएको छ ।
रमेश विश्वकर्मागुल्मी, साउन १ गते । गुल्मीमा लिची उत्पादनमा कमी आएको छ । लिची उत्पादनका लागि पहाडी जिल्लाकै प्रसिद्ध मानिने रुरुक्षेत्र गाउँपालिकामा लिचीको उत्पादनमा आएको हो । केही वर्ष अगाडि लिचीलाई बुटवललगायतका शहरमा विक्री गरेको तर अहिले उत्पादनमा कमी आउँदा यहाँका कृषकहरु निकै मर्कामा परेका छन् । लिचीको उत्पादनमा कमी, फल नलाग्ने र लागेको फलमा कीरा लाग्ने कृषकहरुले करोडौंको नोक्सानमा आफूहरु परेको बताउँछन् । विगत तीन वर्ष अगाडि झण्डै एक करोड बढीको लिची विक्री गर्ने र लिची गाउँ भनेर सबैले चिन्ने गरेको अहिले लिची बजारका कृषकहरु लिचीको पुरानो अवस्था सम्झिन बाध्य भएको बताउँछन् । लिचीको उत्पादनबाट आफ्नो जीविकोपार्जन गर्दै आएका कृषकहरु अझ बढी मारमा परेका छन् । “हाम्रो गाउँ पहिले लिची बजारको रुपमा परिचित थियो ।” कृषक तारानाथ ज्ञवालीले भन्नुभयो, “विगत तीन वर्षदेखि लिची उत्पादन निरन्तर घटेपछि हामी चिन्तित बनेका छौँ ।” रुरुक्षेत्रको च्यूरेक, थोर्गा र थानपति लिचीका लागि प्रसिद्ध ठाउँ भएको उहाँले बताउनुभयो । “जलवायू परिवर्तनको असर लिचीमा परेको छ ।” अर्का कृषक राधिका ज्ञवालीले भन्नुभयो, “लिचीलाई आवश्यक पर्दा समयमा पानी परेन । लिचीमा दाना लाग्दा पानी परेपछि उत्पादन भएको र कीराको प्रकोप देखियो ।” “यहाँ कृषि ज्ञान केन्द्र गुल्मीमार्फत् लिची पकेट क्षेत्रको रुपमा घोषणा भयो । तर घोषणामा मात्र सीमित भयो ।” कृषक युवराज ज्ञवालीले भन्नुभयो, “नामको मात्रै पकेट क्षेत्र भनेर कृषकलाई कुनै राहतको कार्यक्रममा सहभागी नगराएको उहाँको गुनासो रहेको छ ।” कृषि उपजहरु उत्पादनको क्रममा कृषकले ठूलो क्षति बेहोर्नुपर्ने, उत्पादन भएको उपजलाई बजारीकरणमा समस्या र कृषकले उपयुक्त मूल्य नपाउने अवस्थामा कृषकलाई अनुदानले काम नगर्ने कृषक रीता भट्टराईले बताउनुभयो । व्यवसायिक कृषकहरुलाई अनुगमनको आवश्यकता रहेको उहाँले बताउनुभयो । रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले कृषकको माग र आवश्यकताका आधारमा कार्यक्रम ल्याउने बताउनुभयो । उहाँले लिचीलाई पुनः मुख्य आम्दानीको स्रोत बनाएर कृषकलाई राहत दिलाउने बताउनुभयो । कृषि ज्ञान केन्द्र, गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले हामीलाई यस्तो समस्या भयो भनेर त्यहाँका कृषकहरुले अहिलेसम्म कार्यालयमा आएर नभनेको बताउनुभयो । उहाँले कृषकले आफ्नो समस्या बताएमा जतिबेला पनि समस्या भएको क्षेत्रमा पुगेर समस्या समाधान गर्ने बताउनुभयो । कृषक स्वयम् सचेत हुनुपर्ने भन्नुहुँदै उहाँले भन्नुभयो, “कृषक नै सचेत नभएसम्म कृषि राम्रो हुन सक्दैन । हामीले कार्यालयबाट सबैतिर सूचना प्रवाह गर्दा पनि हामीलाई यस्तो समस्या आयो भनेर नआएपछि हामीले के गर्ने ? ” आफ्नो समस्या सम्बन्धित ठाउँ कृषि ज्ञान केन्द्रलाई जानकारी गराउन उहाँले आग्रह गर्नुभयो ।
आदिकवि भानुभक्त आचार्यको २०९ औँ भानुजयन्तीको तथा गुरुपूर्णिमाको उपलक्ष्यमा आयोजित कविता प्रतियोगितामा सगुन तिमिल्सिना प्रथम हुनुभएको छ ।
काठमाडौँ महानगरपालिकाका प्रमुख वालेन्द्र साहले काठमाडौं महानगरका ६३ वटा टोल गुठीका थकाली र गुरुहरुलाई सम्मान गर्नुभएको छ ।
एशियन खो खो संघ तथा भारतीय खो खो संघको निमन्त्रणामा मगंलबार दुईजना खेलाडी भारत प्रस्थान गर्नुभएको छ ।
लामो समयदेखि केवल चर्चामा सीमित बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्नेदेखि बिजुली निर्यातलगायतका काममा वर्तमान सरकार गठन भएपछि उल्लेख्य प्रगति भएको छ ।
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको छुट्टै बैठक काठमाडौंमा शुरू भएकाे छ । बैठकमा पार्टीको कमिकमजोरी र के–के त्रुटी भए भन्ने सम्बन्धमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरिने अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।
नेकपा (एमाले)को भक्तपुर जिल्ला समिति परित्याग गरी एक दर्जन नेता कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।
ओखलढुङ्गामा बालिका बलात्कारको आरोपमा पक्राउ परेका प्रधानाध्यापकसहित चार जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । बालिकालाई बलात्कार गरेको एक प्रधानाध्यापक सहित पक्राउ परेका चार जना आरोपीहरु पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।
तमोर खोलामा हाम फालेर धनकुटा नगरपालिका वडा नम्वर ९ बस्ने एक महिला बेपत्ता भएका छन् ।