माथिल्लो मुगु (कार्मारोङ) जिल्लाको उत्तरी क्षेत्रमा रहेको मुगमकार्मारोङ गाउँपालिकामा रहेका गुम्बाहरु भग्नावशेषमा परिणत भएका छन् । ती गुम्बाहरु १५ औं शताब्दीमा निर्माण भएको बताइएको छ । त्यहाँ मौलिक ऐतिहासिक सम्पदाका चित्रहरु रहेका छन् ।
स्याङ्जाका ११ सामुदायिक विद्यालयका एक हजार २५९ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
अर्जुनचौपारी गाउँपालिकाले दरौखोलामा विभिन्न जातका १० हजार माछाका भुरा छाडेको छ । मत्य विकास केन्द्र, मिर्मीको सहयोगमा अर्जुन चौपारीले रहु तीन हजार, नैनी तीन हजार र गरदी चार हजार माछाका भुरा दरौ खोलामा छाडेको हो ।
प्रवासी नेपालीको साझा सङ्गठन गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) अमेरिकाको एघारौँ साधारणसभा तथा विज्ञ भेला नर्थ क्यारोलिनाको र्यालेमा जुलाई ३ र ४ तारिखमा सम्पन्न भएको छ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका सबै विद्यालयमा कम्प्युटरको पहुँच भएको छ । नगरपालिकाले मुख्यमन्त्री शिक्षा सुधार कार्यक्रम अन्तर्गत ३४ विद्यालयमा कम्प्युटर हस्तान्तरण गरेपछि सबै विद्यालय पहुँच भएको छ ।
जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि पछाडिबाट गोली प्रहार हुँदा घाइते हुनुभएकाे छ। बीबीसीका अनुसार पूर्वप्रधानमन्त्री अबेको छातीमा गोली प्रहार भएपछि कार्डियाेपुलमाेनरीघात भएकाे छ ।
दुई पालिका जोड्ने पुल बनेपछि यहाँका बासिन्दाको दुई दशकदेखिको चाहना पूरा भएको छ । जिल्लाको पूर्वी भेगमा रहेको दुई पालिका निस्दी र पूर्वखोला जोड्ने रेचेघाटमा पुल बनेपछि स्थानीय बासिन्दाको दुई दशकदेखिको पुल बनाएर यात्रा गर्ने चाहना पूरा भएको हो ।
जिल्लाको कालीगण्डकी गाउँपालिकाको केन्द्र जान दुई जिल्ला पार गरेर जानुपर्ने बाध्यता भोग्न यहाँका नागरिकहरु अहिलेसम्म बाध्य छन् ।
सुनवल नगरपालिकाको घैयाबारीमा किसानले उत्पादन गरेको तरकारीले बजार नपाउँदा तरकारी बोटमै कुहिएर गएको छ । सुनवल नगरपालिकाको वार्ड नम्बर ४ स्थित घैयाबारीमा तेजबहादुर सुनारी, तिलबहादुर सुनारीलगायका किसानहरुले गरेको व्यवसायिक तरकारी खेतीले बजार नपाउँदा १५ कठ्ठामा लगाइएको तरकारी बोटमा नै कुहिएर फालिएको छ ।
सदरमुुकाम समेत रहेको सिमकोट बजार क्षेत्रको आरसीसी पिच गर्ने काम सुुरु भएको छ । बजार व्यवस्थित बनाउनकाे लागि ढलसहितको काम भएको हो ।
२५ जनाको क्षमता रहेको जिल्ला कारागार गुल्मीमा झन्डै तेब्बर कैदी बन्दीहरु बस्न बाध्य छन् । २५ जनाको क्षमता रहेको (ङ) वर्गको कारागारमा अहिले ७३ जना कैदीबन्दीहरु रहेको जिल्ला कारागार गुल्मीका जेलर अर्जुनबहादुर थापाले जानकारी दिनुभयो ।
वर्षायाममा छालामा विभिन्न रोगहरु देखिन्छन् । छाला रोग विशेषज्ञ प्राडा. सविना भट्टराईले यो सयममा मौसमको आद्रता बढ्ने हुँदा शरीरको पसिना गुम्सिएर विभिन्न ब्याक्टेरीया र ढुस्सीले छालामा समस्या देखिने बताउनुहुन्छ ।
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)को बिहीबार जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जवाफ दिइरहनुभएको छ । बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले सुझाव एवम् जिज्ञासा राख्नुभएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ५० शैयाको अस्पतालको सङ्गठन संरचना मस्यौदा तयार पारेको छ । मन्त्रालयले तयार गरेको मस्यौदामा इमेलमार्फत राय सुझाव दिन सरोकारवाला तथा सर्वसाधारण समक्ष अपिल गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका राज्यमन्त्री हीराचन्द्र केसीको कार्यविभाजन भएको छ । बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी खापुङ र राज्यमन्त्री केसीको उपस्थितिमा कार्यविभाजन भएको हो ।