रुपन्देहीमा कटुवा पेस्तोलसहित तीन भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । एउटै मोटरसाइकलमा सवार भारतको सिद्धार्थनगरका ३४ वर्षीय चिनक भनिने मेदी हुसेन, ५१ वर्षीय अक्बर खान र ५५ वर्षीय आसिक अलीलाई लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ६ स्थित बसपार्कबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले जानकारी गराउनुभयो ।
करेन्ट लागेर बारामा एक जना बच्चाको ज्यान गएको छ । ज्यान जानेमा परवानीपुर गाउँपालिका वडा नम्बर–५ बहुअरी निवासी उपेन्द्र प्रसाद पटेलको ११ वर्र्षीय छोरा प्रिन्स पटेलको ज्यान गएको हो ।
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष पनि कर्णालीका वडा–वडामा ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ लागू गर्ने भएको छ । चालू आर्थिक वर्षमा कर्णालीका ७१८ वटै वडामा उक्त कार्यक्रम लागू गरेको सरकारले आगामी आव पनि कार्यक्रमलाई निरन्तरता दिने भएको हो ।
चार महिनादेखि उत्पादन ठप्प रहेको सिंहदरबार वैद्यखाना विकास समितिमा त्रिफला बनाउन थालिएको छ । धेरै रोगमा प्रयोग गर्न सकिने हर्रो, बर्रो र अमलाबाट बन्ने त्रिफला चूर्ण समितिको बिक्री कक्षमा सकिएको सात महिना पूरा भएको थियो ।
दक्षिण कोरियाली राष्ट्रपति युन सुक-योलको अनुमोदन रेटिङ हप्ताको तुलनामा २.२ प्रतिशत बिन्दुले गत हप्ता ४४.४ प्रतिशतमा झरेको सोमबारको साप्ताहिक सर्वेक्षणले देखाएको छ।
तिनाउ नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई जना भारतीय नागरिकमध्ये एक जनाको शव फेला परेको छ भने एक जना बेपत्ता छन् । आइतबार दिउँसो ३ बजेतिर भारतबाट पाल्पाको तिनाउ–२, स्थित शिद्धबावा मन्दिरमा दर्शनका लागि आएका दुई जना भारतीय युवा पौडी खेल्ने क्रममा तिनाउ नदीले बगाएर बेपत्ता भएका थिए ।
सत्ता साझेदार दल जनता समाजवादी पार्टी नेपालले सरकारमा रहेका तीन मन्त्रीहरु फिर्ता बोलाएको छ । साथै, नयाँ तीन मन्त्रीको नाम पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।
भनिन्छ– सरकारले शिक्षामा गरेको लगानी बालुवामा पानी खन्याएसरह भएको छ । सरकारले शिक्षा क्षेत्रमा गरेको लगानीअनुसारको परिणाम आउन नसकेपछि यसो भन्ने गरिएको हो । त्यसैले अभिभावक सरकारी विद्यालयको नाम लिएपछि नाक खुम्च्याउने अवस्था आएको हो । सरकारी विद्यालयलाई हेरिने यही दृष्टिको मारमा विद्यार्थी र शिक्षक दुवै पर्ने गरेका छन् । देशका सबै सरकारी विद्यालय एउटै वर्गमा पर्दैनन् भन्ने तथ्यको पुष्टि शिक्षकहरु गर्न सक्दैनन् । त्यसैले उनीहरु यो मारमा परेका छन् ।
५ देखि ११ वर्षसम्मका बालबालिका लागि दिइने फाइजर बायोन्टेकको करिब २३ लाख कोभिडविरुद्धको पेडियाट्रिक खोप काठमाडौं आइपुगेको छ।
चीनको ग्वाङ्डोङ प्रान्तमा शनिबार बिहान पानीमा तैरिरहेको क्रेन डुब्दा कम्तीमा २७ जना बेपत्ता भएका छन्।
उत्तरपूर्वी वासिङ्टन डीसीमा शनिबार दिउँसो मिनेसोटा एभिन्यूमा उत्तरतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा दुई वयस्कको मृत्यु भएको छ।
स्मृति मिश्र महेन्द्रनगर, असार १९ गते । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा रहेको एनआइसी एसिया बैंकमा शनिबार राति चोरी भएको छ । बैंकको पछाडि रहेको झ्याल फोडेर चोरी गरिएको शाखा प्रमुख रोशन रायले बताउनुभएको छ । बैंक म्यानेजर रायका अनुसार आज बिहान बैंकको ब्रान्डाको बत्ती नबलेको देखेर सुरक्षा गार्डले आइतबार बिहान थाहा पाएपछि आफूलाई जानकारी गराएको उहाँले जानकारी दिनुभयो । ‘चोरी घटनाबारे इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा जानकारी गराएको छ । बैंकभित्र रहेको जिन्सी सामानहरु चोरी भएको र बैंकको भित्र लकर तोड्न प्रयास गरिएको छ ।’ शाखा प्रमुख रायले जानकारी दिनुभयो । बैंकमा चोरी भएको घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ ।
भारतको पूर्वाेत्तर राज्य मणिपुरमा पहिरोमा परेर अहिलेसम्म ३४ जनाको मृत्यु भएको छ । मणिपुरको नोने जिल्लामा चारदिन अघि निर्माणाधीन रेलवेमा पहिरो गएकाे हाे । हराएका मध्ये १३ जनाको शव तीनदिनपछि शनिबार निकालिएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई गठबन्धन सरकारले पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने बताउनुभएको छ ।
सुनसरी सदरमुकाम इनरुवा नगपालिका ७ का एक महिलालाई घर निकाला गरिएकोमा महिना दिनपछि घरमा पुनःस्थापित गराइएको छ ।