वीरगञ्जको नारायणी अस्पतालमा उपचारत १८५ जना विरामीलाई फलफूल वितरण गरिएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेशन पर्साले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९९ औं जन्मदिवसको अवसरमा वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत ती विरामीहरुलाई फलफूल वितरण गरेको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अर्बौं रुपैयाँको बिजुली निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने वातावरण नेपालमा बन्दै गरेकाे बताउनुभएकाे छ ।
संयुक्त राज्य अमेरिकाले युक्रेनलाई बयासी करोड डलर बराबरको नयाँ सैन्य सहयोग प्रदान गर्ने घोषणा गरेको छ । नयाँ सैन्य सहयोगमा जमिनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्र प्रणाली र रडारसहितका अन्य युद्ध सामग्री समावेश गरिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोइरालाका नाममा विश्वविद्यालय स्थापना गर्नुपर्नेमा जोड दिनुभएको छ ।
दक्षिणी इरानमा शनिबार भएको ६.३ म्याग्निच्युडको भूकम्पमा परी पाँच जनाको मृत्यु भएको तथा ४९ जना घाइते भएका सरकारी टेलिभिजनले जनाएको छ ।
“चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई” मूल नाराका साथ चुरे संरक्षण अभियान अन्तर्गत चुरे क्षेत्रमा खहरे तथा गल्छी नियन्त्रण गर्न निर्माण गरिएको भौतिक तथा जैविक तटबन्ध प्रभावकारी बन्दै गएको छ ।
गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले आगामी प्रदेश तथा संघीय निर्वाचनमा नेपाली कांग्रेसले आफ्नो सम्पूर्ण शक्ति परिचालन गर्ने बताउनुभएको छ ।
बागलुङ नगरपालिका बागलुङले १० औं राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता जितेको छ । बागलुङका १० स्थानिय तह मध्य ८ पालिकाले खेलाडी पढाएका थिए ।
नेपालगञ्ज मेडिकल कलेज र मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगञ्जबीच प्रहरीको उपचारमा २५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ । नेपालगञ्ज मेडिकल कलेजका नेपालगञ्ज र कोहलपुरस्थित शिक्षण अस्पतालमा मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पतालले सिफारिस गरेका बहालवाला र पूर्व प्रहरीको उपचारमा २५ प्रतिशतसम्म छुट दिने सम्झौता गरिएको मेडिकल कलेजको नेपालगञ्ज शिक्षण अस्पतालका सह निर्देशक डा. रोमन किदवाईले बताउनुभयो ।
युक्रेनमा शुक्रबार फेरि रुसी क्षेप्यास्त्र आक्रमण भएको छ । युक्रेनमा पछिल्लो समय लगातार रुसी क्षेप्यास्त्र आक्रमणका घटना भइरहेका छन् । पछिल्लो घटनामा परी कम्तीमा २१ जनाको मृत्यु भएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्की र नर्वेका प्रधानमन्त्री जोनास गहर स्टोरबीच भेटवार्ता भएको छ । युक्रेन भ्रमणमा रहनु भएका नर्वेली प्रधानमन्त्री स्टोरले शुक्रबार भएको भेटवार्ताका क्रममा युक्रेनलाई नर्वेले गर्न सक्ने सहयोगका बारेमा कुराकानी गर्नु भएको जनाइएको छ ।
बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा स्थानीय ३८ वर्षीया बालिका गुरुङलाई बाघले आक्रमण गरेको हो ।
मुगुको रारामा दोस्रो म्याराथन दौड प्रतियोगिता हुने भएको छ । श्रीबक्स गुल्म रारा हुटुको आयोजनामा असार २२ गते हुने गुल्मले जनाएको छ ।
गृहमन्त्री बालकृष्ण खाणले हरेक नागरिकको विवरण सरकारसँग हुनुपर्ने बताउनुभएको छ।
लि नेवाः अर्गनाईजेशन नेपाल च्याप्टरको दुई दिने ‘नेवाः पहिचान र विविध आयाम’ राष्ट्रिय कार्यशाला गोष्ठी यहाँस्थित नयाँबजारको एक पार्टी प्यालेसमा शनिबार पनि हुँदैछ । कार्यशालामा नेवाः पहिचानसँग जोडेर पत्रकारिता, पहिचानजनित अधिकार, भाषा, कला संस्कृतिका विभिन्न विधामा १२ जना व्यक्तित्वहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेकाे छ ।