• ७ जेठ २०८१, सोमबार

जिपी फाउण्डेशनद्वारा बिरामीलाई फलफूल वितरण

blog

विरामीहरुलाई फलफूलको प्याकेट दिँदै नेपाली काँग्रेस पर्सा जिल्ला सभापति जनार्धन सिंह क्षेत्री । तस्विर – दिपक गौतम

दीपकप्रसाद गौतम 

वीरगञ्ज, असार १८ गते । वीरगञ्जको नारायणी अस्पतालमा उपचारत १८५ जना बिरामीलाई फलफूल वितरण गरिएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेशन पर्साले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९९ औं जन्मदिवसको अवसरमा वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत ती बिरामीहरुलाई फलफूल वितरण गरेको हो ।

फलफूल वितरण कार्यक्रममा गिरिजाप्रसाद कोइराला फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुद्दीनको अध्यक्षतामा सम्पन्न भएको थियो । केरा, स्याउ, रियल जुस र अण्डासहितको फलफूल वितरण गरिएको नेपाली कांग्रेस जिल्ला सहसचिव दीपककुमार साह कानुले जानकारी दिनुभयो । 


फलफूल वितरण कार्यक्रममा नेपाली कांग्रेसका मधेस प्रदेशका महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ, पर्सा जिल्ला सभापति जनार्दन सिंह क्षेत्री, उपसभापति अशोक साह कानु, महाधिवेशन प्रतिनिधिहरू श्याम पटेल, दीनाप्रसाद गुप्ता, फाउण्डेशनका सदस्य हरिंद्र यादव, जितेंद्र सिंह, निजामती कर्मचारी संघका प्रदेश सचिव गौरीशङ्कर गुप्तालगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको फाउण्डेशनका सचिव धीरज गुप्ताले जानकारी दिनुभयो ।