• २० असोज २०८१, आइतबार

बागलुङ नगरपालिकाले जित्यो राष्ट्रपति रनिङसिल्ड

blog

नवीन  शिशिर

बागलुङ, असार १८ गते । बागलुङ नगरपालिका बागलुङले १० औं राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता जितेको छ । बागलुङका १० स्थानिय तह मध्य ८ पालिकाले खेलाडी पढाएका थिए । छनौट गरेर पठाएको खोलाडीमध्ये ६ विधाको खेलमध्ये बागलुङ नगरपालिकाले सबैभन्दा बढी पदक जितेर प्रथम भएको जिल्ला खेलकूद विकास समितिका सचिव तारा शर्माले जानकारी दिनुभयो ।

 खेलकूद विकास समिति बागलुङका अनुसार बागलुङ नगरपालिकाले २२ स्वर्ण, १५ रजत र १४ काश्य पदक प्राप्त गरी प्रथम भएको हो । १२ स्वर्ण, ६ रजत र १३ काश्य पदक प्राप्त गरी गलकोट नगरपालिका दोस्रो र ४ स्वर्ण, १३ रजत र ८ काश्य पदक जितेर काठेखोला गाउँपालिका तेस्रो भएको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो ।

१० पालिका रहेको बागलुङमा तमानखोला र निसीखोला बाहेक अन्य ८ पालिकाले स्थानीय तहमा खेलाडी छनोट गरी पठाएका थिए । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कबड्डी, मार्सल आर्ट अन्तरगत तेक्वान्दाे, कराँते र उस्सु खेल समावेश थियो ।

गतवर्षको राष्ट्रपति रनिङ शिल्डको उपाधी समेत बागलुङ नगरपालिकाले हात पारेको थियो ।