• २९ वैशाख २०८१, शनिबार

एनआइसी एसिया बैंकमा चोरी

blog

क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा रहेको एनआइसी एसिया बैंक

स्मृति मिश्र 

महेन्द्रनगर, असार १९ गते । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा रहेको एनआइसी एसिया बैंकमा शनिबार राति चोरी भएको छ । बैंकको पछाडि रहेको झ्याल फोडेर चोरी गरिएको शाखा प्रमुख रोशन रायले बताउनुभएको छ । 

बैंक म्यानेजर रायका अनुसार आज बिहान बैंकको ब्रान्डाको बत्ती नबलेको देखेर सुरक्षा गार्डले आइतबार बिहान थाहा पाएपछि आफूलाई जानकारी गराएको उहाँले जानकारी दिनुभयो । 


‘चोरी घटनाबारे इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा जानकारी गराएको छ । बैंकभित्र रहेको जिन्सी सामानहरु चोरी भएको र बैंकको भित्र लकर तोड्न प्रयास गरिएको छ ।’ शाखा प्रमुख रायले जानकारी दिनुभयो । 

बैंकमा चोरी भएको घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ ।