• १४ असार २०८१, शुक्रबार

गिरिजाप्रसाद कोइरालाको नाममा विश्वविद्यालय स्थापना गर्नुपर्छः उद्योगमन्त्री बडू

blog

काठमाडौँ, असार १८ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोइरालाका नाममा विश्वविद्यालय स्थापना गर्नुपर्नेमा जोड दिनुभएको


जिपी कोइराला मेमोरियल कलेजले स्व. नेता गिरिजाप्रसाद कोइरालाको ९९औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजना गरेकोगिरिजाप्रसाद कोइराला शान्ति कोषस्थापना कार्यक्रममा उहाँले आदर्शका प्रतिक गिरिजाबाबुको नाममा विश्वविद्यालय स्थापना गर्नुपर्ने बताउनुभएको हो     
  
विभिन्न नेताहरुको नाममा विश्वविद्यालय स्थापना भएका छन्, शान्ति प्रक्रियाका नायक गिरिजाबाबुको नाममा पनि जिपी कोइराला विश्वविद्यालय स्थापना हुनुपर्छ”, मन्त्री बडूले भन्नुभयो, “जिपी कोइराला विश्वविद्यालय निर्माणका लागि सरकार सहयोग गर्न तयार ”    
    
सोही अवसरमागिरिजाप्रसाद कोइराला शान्ति कोषस्थापना गरी सोही कोषबाट गिरिजाप्रसाद कोइराला शान्ति पुरस्कार वितरण गरिने जानकारी दिइएको थियो कार्यक्रममा कलेजमा अध्ययनरत विद्यार्थीलाई विभिन्न विधाका पुरस्कार प्रदान गरिएको थियो