पश्चिमी कोलम्बियाको टोलुआस्थित कारागारमा मङ्गलबार कैदीहरूबीचको झगडाले उग्ररूप लिँदा ५१ जनाको मृत्यु भएको छभने २४ जना सुरक्षाकर्मी घाइते भएका छन् । आपसी झगडाको क्रममा एकजना कैदीले सुत्न प्रयोग गरिने एउटा गद्दामा झोसेको आगो कारागारमा फैलिएर उनीहरूको मृत्यु भएको हो । कोलम्बियाका अधिकांश जेलमा कैदीको भीडभाड हुने गरेको छ । टोलुआस्थित कारागारमा पनि क्षमताभन्दा बढी बन्दी राखिएको छ ।
रेसुंगा नगरपालिकाले निर्माण गरेको हाटबजार अहिले गाडी पार्कको रुपमा परिणत भएको छ । किसाले उत्पादन गरेका वस्तुलाई सहज रुपमा विक्री वितरण गर्ने उद्देश्यले निर्माण गरिएको गुल्मी तम्घास बजार नजिकै चारिखोलामा रहेको हाटबजार अहिले नगरपालिकाका सवारी साधन र विद्यालयको बस पार्किङको रुपमा परिणत भएको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको स्वाधीनताको रक्षा एवम् समाजवादको आधार निर्माण गर्ने अभियानमा अघि बढ्न नेता कार्यकर्तामा आव्हान गर्नुभएको छ ।
सोलुखुम्बुको खुम्बु क्षेत्रमा एक महिना भन्दा बढी समयदेखि बेपत्ता दुई विदेशी पर्यटकको खोजीमा मौसम बाधक बनेको छ । गएको जेठ ५ गते खुम्बु भ्रमणमा आएका भारतीय नागरिक ३१ वर्षीय सिरनाथ चन्द्र मोहन र कोरियाली नागरिक ५० वर्षीया योहन सम्पर्कविहीन रहेका छन् ।
अविरल वर्षाले ढुङ्गासहितको पहिरो खसेपछि अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा खुलेको छ । सडक डिभिजन कार्यालय पाल्पा र जिल्ला प्रहरी कार्यालय पाल्पाको पहलमा सडकमा खसेको पहिरो हटाएपछि अहिले एकतर्फी सडक सञ्चालनमा आएको छ ।
कैलालीको कान्द्रा नदीमा हाम फालेका महिलाको आज शव भेटिएको छ । भजनी नगरपालिका–५ लालबोझीकी ४० वर्षीया रीमा डङ्गौराको शव टीकापुर नगरपालिका–७ स्थित मोहना नदीमा फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार बाढी आएको बेला आइतबार साँझ उहाँले कान्द्रा नदीमा हाम फाल्नु भएको थियो ।
वादी समुदायका समस्या समाधानका लागि कार्यदल गठन गरिएको छ । वि.सं. २०७७ फागुन १० गते आवास र रोजगारीलगायत विभिन्न माग राख्दै आन्दोलित भएका वादी समुदाय र कर्णाली प्रदेश सरकारबीच ५ बुँदे सहमति भएको थियो ।
सिन्धुली जिल्लामा बजेट अभावमा भूकम्पपीडित लाभग्राहीले निजी आवास निर्माण तथा मर्मतको अनुदान रकम पाउन कठिन भएको छ । बजेट अभावमा निजी आवास निर्माण तथा मर्मत गरेका लाभग्राहीलाई उक्त अनुदान रकम दिन नसकेको शहरी विकास तथा भवन डिभिजन कार्यालय सिन्धुलीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा आज चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । खेतमा काम गरिरहेको अवस्थामा कैलालीमा एक र कञ्चनपुरमा दुई गरी तीन जनाको ज्यान गएको हो । प्रहरीकाअनुसार कैलालीको गोदावरी नगरपालिका–३ मालाखेतीस्थित खेतमा रोपाइँ गरिरहेको अवस्थामा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का ४८ वर्षीय पुनाराम चौधरीको चट्याङ लागेर ज्यान गएको छ । मृतक चौधरी रेडियन्ट ग्यासको खेतमा काम गर्दै हुुनुहुन्थ्यो ।
कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ८ मलभङ्गामा इँटाभट्टामा जमेको पानीमा डुबेर दुई बालिकाको ज्यान गएको छ । असार १३ गते सोमबार साँझ छ बजेतिर छिमेकमा दूध लिनगएका लालबहादुर विष्टका सात वर्षीया छोरी आश्रिया विष्ट र भीमबहादुर कुँवरका छ वर्षीया छोरी भावना कुँवरको ज्यान गएको हो ।
नेपाली वा विदेशी नागरिकले विदेशी मुद्रा वा अमेरिकी डलर पाँच हजारभन्दा बढी आफ्नो साथमा बोकेर ल्याउँदा भन्सारमा प्रमाणित गर्नुपर्ने ऐनमा व्यवस्था छ ।
रतुवा र मावा खोलाको बीचमा रहेको दमक नगरपालिका लगातरको वर्षाका कारण बाढीको उच्च जोखिममा परेको छ । रतुवा र मावा वस्तीमा पस्न थालेपछि जनप्रतिनिधि, सुरक्षाकर्मीलगायतको टोली खोला किनारमा तत्काल बाढी नियन्त्रणको प्रयासमा छन् ।
भक्तपुरका जुजुधौ व्यवसायीहरुलाई यतिबेला माग धान्ने चटारो परेको छ । नेपाली लोकपरम्परा अनुसार भोलि बुधबार असार १५ रोपाइँ महोत्सव गरी दही चिउरा खाने दिन । असार १५ को अवसरमा दहीको माग उच्च हुने भएकाले भक्तपुरका जुजु धौ व्यवसायीलाई माग धान्न चटारो परेको हो ।
धरानस्थित बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान असार २० गतेदेखि स्वास्थ्य बीमाको सबै सेवा स्थगित हुुँदैछ । उपकुलपति ज्ञानेन्द्र गिरीले ३४ करोडभन्दा बढी बीमा रकम बीमा बोर्डबाट उपलब्ध नभएको भन्दै यही असार २० गतेदेखि स्वास्थ्य बीमाका सम्पूर्ण सेवाहरु स्थगन हुने बताउनुभयाे ।
कुटपिट गरेर सडकमा फालेर भागेपछि उपचारको क्रममा काठमाडाैँमा मृत्यु भएका बाँकेका एक युवकको हत्यामा संलग्न चार युवकलाई प्रहरीले ३ घण्टामै पक्राउ गर्न सफल भएको छ ।