हालै सम्पन्न निर्वाचनमा अन्तर्घात गरेको ठर गरेर नेपाली कांग्रेस बाँकेले १०४ जना नेता कार्यकर्तासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । नेपाली कांग्रेस जिल्ला अनुशासन समिति बाँकेको बैठकले पार्टीका आधिकारिक उम्मेदवारलाई अन्तर्घात गरेको भन्दै १०४ जना नेता कार्यकर्तालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
तानसेनको बतासेडाँडामा बनेको ‘श्रीनगर सांस्कृतिक डबली’ निर्माणको काम सकिएको छ । जिल्लामा आएका आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले निर्माण थालिएको सांस्कृतिक डबली निर्माणको काम सकिएको हो ।
राष्ट्रियसभाका सांसदहरुले नेपाल काठमा आत्मनिर्भर कहिले हुन्छ ? भन्दै वन तथा वातावरणमन्त्री समक्ष प्रश्न गरेका छन् । राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत विभिन्न मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथिको छलफलका क्रममा सांसदहरुले नेपालमा काठको व्यवस्थापन हुन नसकेको भन्दै काठ आयातलाई कम गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।
दक्षिण अफ्रिकाको दक्षिणी शहर पूर्वी लन्डनमा अवस्थित एक रात्रिक्लबमा आइतबार कम्तीमा १७ जना मानिस मृत फेला परेको प्रहरीले जनाएको छ । के कति कारण यी व्यक्तिहरुको मृत्यु भएको यसको विस्तृत विवरण भने प्राप्त भएको छैन ।
ललितपुर महानगरपालिकाले हैजा नियन्त्रणका लागि पानीपुरी बिक्रीवितरणमा रोक लगाएको छ । काठमाडौँ उपत्यकामा हैजा देखिएकाले ललितपुर महानगरको २९ वटै वडामा फैलिन नदिन पानीपुरीमा रोक लगाइएको हो ।
सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा घटाएको छ । नेपाल आयल निगमले शनिबार डिजेल र पेट्रोलको भाउ कम गर्ने निर्णय गरेपछि सोही आधारमा यात्रुबाहक र मालबाहक सवारीसाधनको भाडादर कम गरिएको हो ।
ड्रागन फ्रुटको व्यावसायिक खेती गर्दै आइरहनुभएका धनुषाका दुई युवा ड्रागन फ्रुटको बिरुवा उत्पादन मनग्य आम्दानी लिइरहनुभएको छ ।
पाल्पामा एकै महिनामा ट्राफिक नियम उल्लङ्घन गरेका एक हजार नौ सय बढी सवारी साधन कारवाहीमा परेका छन् । ट्राफिक नियम पालना नगर्ने, दुर्घटना गर्ने गरी सवारी साधन हाकेका, ओभरलोड बोक्ने, स्वरुप बिगारेर चलाउने सवारीसाधन गरी झण्डै दुई हजार सवारीसाधन कारवाहीमा परेका हुन् ।
गृहमन्त्री बालकृष्ण खाणले लागू पदार्थको दुर्व्यसनबाट युवा पुस्ताको सुन्दर भविष्य बचाउन र नागरिकको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
इराकका प्रधानमन्त्री मुुस्ताफा अल कादिमी इरान र साउदी अरेबियाको भ्रमणमा जान लाग्नुभएको बताइएको छ ।इराकी सरकारी समाचार समिति आइएनएले सो कुराको जानकारी दिएको छ । उहाँ अर्को हप्ता इरान र साउदी अरेबिया जान लाग्नुभएको सो समाचारमा जनाइएको छ । उहाँले ती देशमा गएर त्यहाँका नेताहरुसँग प्रत्यक्ष वार्ता गर्नुहुने भएको सो समाचार समितिले जनाएको छ ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा आयोजित खुला गजल प्रतियोगितामा रोशन गुरुङ प्रथम हुनुभएको छ । कञ्चनजङ्घा साहित्यिक प्रतिष्ठानले आयोजना गरेको गजल प्रतियोगितामा मिक्वाखोला गाउँपालिका–४ साँबाका गुरुङ प्रथम हुनुभएको हो । यस्तै प्रतियोगितामा फुङ्लिङ नगरपालिका–६ का नवराज आचार्य द्वितीय र फुङ्लिङ नगरपालिका
मुगुको छायाँनाथ रारा नगरपालिकाले आगामी आर्थिक २०७९।८० को नीति तथा कार्यक्रम सार्वजिनक गरेको छ । छायाँनाथ रारा नगरपालिका का नगर प्रमुख बिष्णु कुमाार भामले ११ औ नगर सभामा नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।
पाल्पाका दश वटै पालिकाले आव २०७९/०८० का लागि नीति, कार्यक्रम तथा बजेट पेश गरेका छन् । जिल्लाको तानसेन नगरपालिकाले आगामी वर्षका लागि एक अर्ब ३९ करोड रुपियाँको बजेट नीति तथा कार्यक्रम प्रस्ताव गरिएको छ ।
गुल्मीका १२ वटै स्थानीय तहहरुले आर्थिक वर्ष २०७९/८० का लागि बजेट प्रस्तुत गरेका छन् । जिल्लाको मुसिकोट नगरपालिकाले कुल ६७ करोड ४७ लाख ५७ हजार बजेट विनियोजन गरेको हो ।
जितपुरसिमरा उपमहानगरपालिका–६ नगौल टोलका राकेश भक्त पौडेलको हत्यामा संलग्न रहेका एक नाबालिकासहित १२ जनालाई अदालतको आदेशमा कारवाही प्रक्रिया अगाडि बढाएको छ । बारा जिल्ला अदालतको आदेशमा पौडेल हत्या अभियोगको आरोपमा ११ जनालाई वीरगंज कारागार तथा नाबालिकालाई बाल सुधार केन्द्र भक्तपुरमा पठाइएको बारा प्रहरीले जनाएको हो ।