नेपाल ओलम्पिक कमिटी अन्तर्गत स्पोर्ट्स फर अल कमिसन लुम्बिनी प्रदेश कमिटीले ओलम्पिक दिवसको अवसरमा बुधबार नेपालगञ्जमा बाँकेका पहिलो पुस्ताका ११ जना अग्रज खेलकर्मीलाई सम्मान गरेको छ ।
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको भेरी–बबई डाइभर्सन आयोजनाको निर्माण सक्न अझै तीन वर्ष लाग्ने देखिएको छ । याे आयोजनाको हालसम्म समष्टिगत भौतिक प्रगति ५६ प्रतिशत भएको छ ।
ललितपुर महानगरपालिकाको सडकमा रहेका घाइते जनावरको उपचारका लागि एम्बुलेन्स सेवा सुरु भएको छ । महानगरले बुधबार एक कार्यक्रमार्फत जनावरको अधिकारको संस्था स्नेहाज केयरसँगको सहकार्यमा सो सेवा सुरु भएको जनाएको छ ।
जाजरकोटको भेरी नगरपालिका १० भुरचौरबासी लिप्टबाट घरआँगनमै खानेपानी आएपछि खुसी भएका छन् । गत वर्षदेखि सञ्चालित लिप्ट खानेपानी आयोजनाको पानी घर आँगनमै पाउँदा भुरचौरबासी खुसी भएका हुन् ।
छ महिनामा मानवअधिकार उल्लङ्घनका नौ घटना
तनहुँको बन्दीपुरले परम्परागत घरको नमुना सहरको रुपमा प्रख्याती कमाएको छ । यही प्रख्यातीलाई जोगाई राख्न बन्दीपुर गाउँपालिकाले मौलिक घरलाई संरक्षण गरेको । आधुनिक घरले मौलिकता गुमाउने हुँदा आधुनिक घर निर्माणमा प्रतिबन्ध गरी संरक्षण गरिएको गाउँपालिकाले जनाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको छ ।
अर्घाखाँचीकाे शीतगङ्गा नगरपालिका वडा नम्वर १४ करेचुलीमा मङ्गलबार जिप दुर्घटना भएकाे छ । अर्घाखाँची सितगंगा नगरपालिका वडा नम्बर १४ बाट रूपन्देही जिल्लाकाे साल्झण्डीतर्फ जाँदै गरेकाे लु १ ज १९४८ नम्बरको जिप ब्रेक फेल भएर दुर्घटना भएकाे हाे ।
सुर्खेतको पञ्चपुरी नगरपालिका ११ कुइने र कैलालीको मोहन्याल जोड्ने कर्णाली नदीमा पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ । ३३ करोड लागतमा निर्माण भइरहेको पुलको काम अन्तिम चरणमा पुगेपछि सुदूरपश्चिम र कर्णाली प्रदेशसँग छोटो दुरीको सडक सञ्जालमा जोडिएको हो ।
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका–५ चाक्सिबोटेको वडा कार्यालय आगलागीबाट ध्वस्त भएको छ । घर भाडामा सञ्चालन हुँदै आएको वडा कार्यालय आइतबार राति भएको आगलागीबाट ध्वस्त भएको हो ।
एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपालले बहराइनलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले बहराइनलाई आठ विकेटले पराजित गर्दै एक खेल अगावै सेमिफाइनलमा पुगेको हो । प्रतियोगितामा यस जीतसँगै नेपालले लगातार तेस्रो जीत दर्ता गराएको छ ।
अविरल वर्षासँगै बाढी पहिरोको क्षतिको निरीक्षणको लागि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गृह जिल्ला तनहुँ आउनुभएको छ ।
नेपाली कम्युनिष्ट आन्दोलनमा योगदान पु¥याउनुभएका नेत्री नानीमैयाँ नकर्मीकोे निधनप्रति नेकपा (एमाले)ले शोक प्रकट गरेको छ । उहाँको ९५ वर्षको उमेरमा सोमबार विहान निधन भएको थियो ।
फेदिखोला गाउँपालिकाले वडा नम्बर ३ कार्यालय जाने मोटरबाटो कालोपत्रे गरेको छ । जिल्लाका अन्य पालिका कार्यालयमा जाने बाटो कालोपत्रे नहुँदा फेदिखोलाले आफ्नै श्रोतबाट मोटरबाटो कालो पत्रे गरेको हो ।
जिल्ला समन्वय समितिको निर्वाचनमा सत्ता गठबन्धन निर्विरोध निर्वाचित भएका छन् । सो निर्वाचनका लागि नेकपा एमालेलगायत अन्य दलका तर्फबाट उम्मेदवारी नपरेपछि निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।