लघुजलविद्युत् आयोजनाको केन्द्र भनेर चिनिएको बाग्लुङका सबै साना तथा लघुजलविद्युत् आयोजनाबाट उत्पादित बिजुली मिनिग्रिडमा जोड्ने योजना सात वर्षदेखि अलपत्र छ । लघुजलविद्युत् आयोजनालाई मिनिग्रिड बनाएर केन्द्रीय प्रसारण लाइनमा जोड्ने योजना कार्यान्वयन नहुँदा अधिकांश लघुजलविद्युत् आयोजनाको बिजुली खेर गइरहेको छ ।
इलामको माई नगरपालिकामा बसोबास गरी मजदुरी काम गर्दै आउनुभएका भारतीय नागरिकको मृत्यु भएको छ । भारतको दार्जिलिङ पोख्रेवुङ्ग स्थायी घर भएका ४० वर्र्षीय दाबा शेर्पा आज विहान माई–४ को अर्ने खोल्सीमा मृत भेटिनुभएको हो । उहाँ विगत दुई वर्षदेखि माई नगरपालिकामा मजदुरी गर्दै आउनु भएको थियो ।
जिल्ला समन्वय समिति (जिसस) ताप्लेजुङका नवनिर्वाचित प्रमुख छिरिङ लामाले पदभार ग्रहण गर्नुभएको छ । बुधबार दिउँसो मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश प्रकाश राउतमार्फत् पद तथा गोपनीयताको सपथ लिएपछि लामाले पदभार ग्रहण गर्नुभएको हो ।
जिल्ला समन्वय समिति गुल्मीमा गठबन्धनको प्यानल नै विजयी भएको छ । जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनकोतर्फबाट काङ्ग्रेसका दाेर्णबहादुर खत्री विजयी हुनुभएको छ । उहाँले एमालेका युवराज न्याैपानेलाई पराजित गर्नुभयो । खत्रीको १५ र न्यौपानेको नौ मत रहेको छ ।
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको सिक्टा सिंचाइ आयोजनाको निर्माण कार्य सुरु भएको १८ वर्ष बित्दा अझै ३० प्रतिशत काम बाँकी रहेको छ । सिफ्टा सिंचाई आयोजनाको काम कछुवा गतिमा रहेको छ । हाल सरकारले २४ वटा आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा राखेको छ ।
कोहलपुर–वीरेन्द्रनगर जोड्ने १३२ केभी प्रसारण लाइन विस्तारमा ढिला हुने देखिएपछि कैलालीबाट ३३ केभी विद्युत विस्तारको काम शुरु गरिएको छ । कोहलपुरबाट ल्याइएको विद्युतले सुर्खेतसहित अन्य जिल्लाको भार धान्न नसकेपछि थप लाइन वीरेन्द्रनगर ल्याउन लागिएको हो । वीरेन्द्रनगर ल्याउन लागिएको विद्युत लाइन कैलाली जिल्लाको चिसापानी–सोल्टा–बावियाचौर–बड्डिचौर–बाँगेशीमल हुँदै वीरेन्द्रनगरस्थित बुदेबुदे सब–स्टेशनमा जोडिनेछ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन वृद्धि भएको छ । अविरल वर्षा तथा गर्मी बढेकाले हिमाल धेरै पग्लिएकाले नदीमा पानीको बहाब बढेपछि पूर्ण क्षमता ६९ मेगावाट विद्युत उत्पादन भएको केन्द्रले जनाएको छ ।
अविवाहित आमा निहारिका राजपूत २१ महिने काखे बालकसहित राजधानीमा पाँच दिनदेखि आमरण अनशनमा हुनुहुन्छ । पहिलो दिन माईतीघरमा अनशन बस्ने क्रममा प्रहरीबाट धरपडक पश्चात् सिंहदरबारस्थित प्रहरी वृत्तमा राखियो । सोही मध्यरातमा उहाँहरु छोडिनु भएको थियो ।
राजन रावतहुुम्ला, जेठ ३१ गते । धार्मिक तथा पर्यटकीय क्षेत्र रलिङ गुम्बामा लाग्ने मेलाका लागि हेलिकोप्टर उडान स्थानीय स्तरमा सुुरु भएको छ । धार्मिक मेला लाग्ने र आन्तरिक पर्यटकहरु गुुम्बाको अवलोकन गर्न जाने भएपछि हेलिकोप्टरले उडान भएको हो । रलिङ मेला हेर्न जानुुभएका सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशीला भाम रोकायाले रलिङका लागि दुुई वर्ष कोरोनाको कारण रोकिएको हेलिकोप्टर उडान सुुरु भएपछि जान पाइएको बताउनुुभयो । उहाँले उक्त पर्यटकीय क्षेत्रमा पहिले पैदल जाने गरिएको भए पनि अहिले हेलिकोप्टर उडान हुनेपछि सहज भएको बताउनुुभयो । उहाँले एकतर्फी उडान भाडा भने पाँच हजार पाँच सय लिने गरेको बताउनुुभयो । दुुईतर्फ आवतजावत गर्नेले भने एघार हजार रुपियाँ भाडा तिर्नुपर्नेछ । उहाँले नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका निमित्त प्रमुख मनोज डङ्गोलका अनुुसार मङ्गलबार चार बजेसम्म तीस वटा उडान भरेको छ भने उडान भर्ने कार्य बेलुुका सात बजेसम्म हावा नलागेसम्म जारी रहने बताउनुुभयो । प्रति उडान पाँच जना यात्रुु ओसार्ने भएको कारण एक सय पचास जना यात्रुुले हेलिकोप्टर चढ्नुुभएको छ । मङ्गलबार रलिङ जाने काम मात्र हुनेछ भने बुुधवार यात्रुु फिर्ता हुुनेछ । अन्य बेला पनि आन्तरिक पर्यटकहरुले हेलिकोप्टर उडानबाट गुम्बा तथा पर्यटकीय स्थलहरुको दर्शन र अवलोकन गर्दै आउनुुभएको छ ।
अत्यधिक गर्मी बढेपछि बाँकेका चार स्थानीय तहले पाँच पाँच दिन विद्यालय बन्द गरेपनि गर्मी बढ्दै गएकोले थप चार दिन विद्यालय बन्द गर्ने निर्णय मंगलबार गरिएको छ ।
सर्लाहीको चन्द्रनगर गाउँपालिकास्थित पर्यटकीय स्थल नाढीमन ताल पछिल्लो समय सुनसान देखिन थालेको छ । २०७२ साल चैतमा नेपाली सेनाले तालमा विभिन्न पर्यटकीय संरचना निर्माण गरी तत्कालीन ताल संरक्षण समितिलाई हस्तान्तरण गरेको थियो । त्यसपछि तालमा डुङ्गा चढ्नेलगायत ताल अवलोकनका लागि पुग्नेहरु ह्वात्तै बढेका थिए ।
मनसुुन तथा अन्य प्रकोपबाट हुनसक्ने सम्भावित घटना तथा क्षतिका लागि सुुरक्षाकर्मीले गर्नुपर्ने उद्धार कार्यको प्रर्दशनी गरिएको छ । प्रकोपजन्य कुनै घटना भए त्यसका लागि गरिने उद्धार कार्यबारे जानकारी गराउन उक्त प्रर्दशनी गरिएको हो ।
दाङको तुलसीपुरमा महिला र बालिकालाई कुटपिट गरेको आरोपमा पक्राउ पर्नुभएका लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय घोराही ल्याइएको छ ।
रुसी सेनाले पूर्वी युक्रेनको डोनबास क्षेत्रलाई पूर्ण रुपमा नियन्त्रण गर्नको लागि सेभेरोडोनेत्सक शहर बाहिरका सबै पक्की पुलहरुलाई ध्वस्त बनाएको छ । पश्चिमी युक्रेनसँगको सबै सम्पर्क टुटाउनको लागि रुसी सेनाले यस्तो कदम चालेको स्थानीय सरकारले जनाएको छ ।
कपिलवस्तुको बाणगङ्गा नगरपालिका ४ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । छिमेकीको घर बनाउन आवश्यक उपकरण चलाउन दिएको विद्युतको तारबाट करेन्ट लाग्दा वर्ष ४५ को निमबहादुर भुसालको मृत्यु भएको हो ।