• १३ असोज २०८१, आइतबार

मर्स्याङ्दी जलविद्युत केन्द्रको बढ्याे उत्पादन

blog

मस्र्याङ्दी जलविद्युत केन्द्र । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की 

तनहुँ, असार १ गते । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् उत्पादन वृद्धि भएको छ । अविरल  वर्षा तथा गर्मी बढेकाले हिमाल धेरै पग्लिएकाले नदीमा पानीको बहाब बढेपछि पूर्ण क्षमता ६९ मेगावाट विद्युत् उत्पादन भएको केन्द्रले जनाएको छ । 

सुख्खा याममा हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सा र झरनाका पानी कम हुँदा घटेर ४० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुने गरेकोमा हाल पूर्ण क्षमतामा उत्पादन भएको केन्द्रका प्रमुख बद्री फुयाँलले जानकारी दिनुभयो ।

तीनवटा युनिटबाट २३÷२३ मेगावाटका दरले पूर्ण क्षमता अनुरुपको ६९ मेगावाट विद्युत् उत्पादन भैरहेको उहाँले जानकारी दिनुभयो । मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी हो ।

गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिँउ धेरै पग्लिने र वर्षा धेरै हुँदा यसका सहायक नदी, खोलामा पानीको बहाव बढेसँगै विद्युत उत्पादन पनि बढ्ने गरेको केन्द्रले जनाएको छ । यस केन्द्रबाट उत्पादित विद्युत चितवनको भरतपुरबाट काठमाडौँको स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । 

केन्द्रका अनुसार धेरै बाढी आएको बेला गेग्राङहरु थेग्राउने र काठ दाउरा निकाल्न मिल्ने गरी दुई वटा फ्लाट गेट रहेकाले हाल पूर्ण क्षमतामा नै उत्पादन भइरहेको केन्द्र प्रमुख फुयाँल बताउनुहुन्छ ।

मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी हो ।

गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिँउ पनि बढी पग्लिने र वर्षा धेरै हुँदा नदीमा मिसिने अन्य खोलानालाहरु पानी धेरै हुने भएकाले नदीमा पानीको बहाव बढ्दा उत्पादन बढेको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार सुख्या याममा भने हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सा र झरनामा पानी कम हुने भएकाले पानीको बहाव थोरै हुने हुँदा विद्युत् उत्पादन घट्छ ।