१३ औँ दक्षिण एसियाली खेलकुद (साग)का स्वर्णपदक विजेता भारोत्तोलनका खेलाडी स्वर्गीय सञ्जु चौधरीको परिवारलाई बीमा वापतको रकम प्रदान गरिएको छ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृतक सञ्जुका आमा राप्ती सोनारी ३ निवासी सुन्दरमोती थारुलाई ५४ लाख २० हजार रुपियाँको चेक हस्तान्तरण गरेको हो ।
कपिलवस्तुको शिवराज नगरपालिका १ पहिरा खोलामा आएको लेदोसहितको पहिरोले बगाउँदा दुई भारतीय नागरिक बेपत्ता भएका छन् । विहान साढे ७ बजे प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गरी फर्किने क्रममा सडकबाट बग्दै गरेको भलले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक जेसी शाहले बताउनुभयो ।
बुटवलको तिनाउ खोलाको बाढीमा भेटिएको शवको पहिचान खुलेको छ । प्रगतिनगरमा फेला परेको शव बुद्धनगरका ६५ वर्षीय किशोरबहादुर नेपाली भएको प्रहरीले पुष्टि गरेको छ ।
नेपालमा एक दशक लामो सशस्त्र द्वन्द्वको क्रममा मानवअधिकार हननका थुप्रै घटनाहरु घटेका थिए । नेपालमा शान्ति निर्माण प्रक्रिया सुरु भएको १६ वर्ष पुग्नै लाग्दा पनि द्वन्द्वको समयमा भएका गम्भीर मानवअधिकार उल्लंङ्घनका सवालमा यौनअपराध जस्ता घटनाको सम्बोधन अझै हुन सकेको छैन ।
एक वर्ष पहिलादेखि जिल्लाको महत्वपूर्ण पर्यटकीयस्थल कमलदहको नागरिकस्तरबाट सरसफाइ भइरहेको छ । रुकुमपूर्वको सिस्ने गाउँपालिका ५ मा रहेको कमलदहमा मानविय गतिविधिका कारण फोहोर बढ्दै गएपछि कमलदह आसपासका नागरिकले स्वतःस्फूर्त रुपमा कमलदह सफाइ अभियान चलाएका हुन् ।
जिल्ला समन्वय समिति म्याग्दीमा नेकपा एमालेको प्यानल विजयी भएको छ । आइतबार सम्पन्न निर्वाचनमा प्रमुख, उपप्रमुख सहित सात जना सदस्यहरुमा नेकपा एमालेका उम्मेदवारहरु विजयी हुनुभएको हो । जिसस प्रमुखमा नेकपा एमालेका उम्मेदवार राजकुमार थापा र उपप्रमुखको उम्मेदवार दिलकुमारी खत्रीले सात मत प्राप्त गरी विजयी हुनुभएको मुख्य निर्वाचत अधिकृत तेजनारायण पौडेलले जानकारी दिनुभयो ।
पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई लगाउने २२ लाखभन्दा बढी कोभिडविरुद्धको फाइजर (पेडियाट्रिक) खोप आज काठमाडौं आइपुगेको छ ।
पछिल्लो केही दिनदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा झाडा पखालाका बिरामी बढ्न थालेका छन् । अस्पतालमा बिहीबार यो वर्षकै धेरै १९ जना झाडा पखालाका बिरामी अस्पतालमा आएको अस्पतालका सूचना अधिकृत नवराज गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा अहिले छ जना झाडा पखालाका बिरामी उपचाररत छन् ।
अफगानिस्तानको एक मन्दिरमा भएको हिंसात्मक हमलाको पाकिस्तानले निन्दा गरेको छ । शनिबार अफगानिस्तानको राजधानी काबुलमा भएको हमलामा परी कैयौँको ज्यान गएको थियो । सो हमलाको पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति मार्फत् निन्दा गरेको छ ।
डडेल्धुरामा मेडिकल कलेज स्थापनाका लागि जिल्लास्तरीय समन्वय, सहकार्य समिति गठन गरिएको छ । अमरगढी नगर प्रमुख डिल्लीराज जोशीको संयोजकत्वमा जिल्ला समन्वय समिति प्रमुख, राष्ट्रिय भूमि आयोगका अध्यक्ष, जिल्लास्थित सबै राजनीतिक दलका प्रमुख, प्रमुख जिल्ला अधिकारी, नापी, मालपोत, वन, स्वास्थ्य, शिक्षा समन्वय कार्यालयका प्रमुखहरु सदस्य रहने गरी समिति गठन गरिएको हो ।
अविरल वर्षासँगै सहायक राजमार्गदेखि जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध हुँदा यात्रुहरु मर्कामा परेका छन् । वर्षाले सहायक राजमार्ग भानुमार्ग, डुम्रे–वेशीशहर मार्ग, बुद्धसिंह र श्रृङ्गपथमा ठाउँ ठाउँमा गएको पहिरोले यात्रुलाई सास्ती भएको छ । अविरल वर्षाले गर्दा ह्युम पाईप बगाउने, पहिरो जाने, सडक भासिने गरेकाले सहायक राजमार्गहरु भानुमार्ग, डुम्रे–वेशीशहर खण्ड र अधिकांश ग्रामिण सडकहरु अवरुद्ध भएको भानु नगरापलिकाको प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहल 'प्रचण्ड' सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउने प्रवृत्ति अझै कायमै रहेको बताउनुभएको छ ।
सोलुखुम्बुको खुम्बु क्षेत्रमा हिमाली ब्वाँसोको आतङ्क बढ्दै गएको छ । केही वर्षयता सो क्षेत्रको घरपालुवा जनावरमा हिमाली ब्वाँसोको आक्रमण अत्याधिक बढेको तथ्यांकले पुष्टि गरेको छ ।
ताप्लेजुङको सुकेटार विमानस्थलमा एक महिना अघिदेखि उडान अवरुद्ध बनेको छ । बाक्लो हुस्सु र वर्षासहित मौसम प्रतिकुल हुँदै आएकाले सुकेटारमा उडान अवरुद्ध बनेको हो । प्रतिकुल मौसमकै कारण महिना दिनयता लगातार उडान अवरुद्ध हुँदा यात्रु सेवा लिनबाट बञ्चित भएका छन् ।
गृहमन्त्री बालकृष्ण खाँणले भूमि आयोगलाई परिणाम दिने गरी काम गर्न निर्देशन गर्नुभएको छ । उहाँले सुकुम्बासीलाई जतिसक्दो चाँडो जग्गाको स्वामित्व प्रदान गर्न आयोगलाई निर्देशन गर्नुभएको हो । राष्ट्रिय भूमि आयोगले लुम्बिनी प्रदेशस्तरीय जिल्ला समितिका पदाधिकारीहरुका लागि शनिबार बुटवलमा आयोजना गरिएको अभिमुखिकरण गोष्ठीमा बोल्दै मन्त्री खाँणले प्रक्रिया पूरा गरेर जतिसक्दो चाँडो जग्गा धनी पूर्जा वितरण गर्न आयोगका पदाधिकारीहरुलाई निर्देशन गर्नुभएको हो ।