• १३ साउन २०८१, आइतबार

हुुम्ला जिल्ला समन्वय समिति निर्वाचनमा सत्ता गठबन्धन निर्विरोध निर्वाचित

blog

निर्विरोध निर्वाचित हुुनुु भएका जिससका पदाधिकारीहरु । तस्बिर - राजन रावत, हुम्ला

राजन रावत

हुुम्ला, असार ६ गते । जिल्ला समन्वय समितिको निर्वाचनमा सत्ता गठबन्धन निर्विरोध निर्वाचित भएका छन् । सो निर्वाचनका लागि नेकपा एमालेलगायत अन्य दलका तर्फबाट उम्मेदवारी नपरेपछि निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो । 

मुुख्य निर्वाचन अधिकृत जगतबहादुुर पौडेलले जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुखलगायत सबै सात पदमा निर्विरोध निर्वाचित भएको बताउनुुभयो । उहाँले अन्य कुनै पनि दलबाट उम्मेदवारी नपरेकाल निर्विरोध निर्वाचित भएको बताउनुुभयो । 

निर्विरोध निर्वाचित भएकामा प्रमुखमा नेकपा एकीकृत समाजवादीका शिवराज शर्मा, उपप्रमुखमा नेकपा माअ‍ोवादी केन्द्रका दलुु फडेरा रहनुुभएको छ । त्यसैगरी, सदस्यहरुमा नेपाली काँग्रेसबाट सरिता रावत, दीप भण्डारी, कर्णबहादुुर शाही र धिरबहादुुर सिंह निर्विरोध निर्वाचित हुनुभएको छ। 

यस्तै, नेकपा माअ‍ोवादी केन्द्रबाट चुदी जाङ्मुु तामाङ, सिंह सिंह र कर्ण दमाईलगायत विजयी हुनुभएको छ । यसअघि जिसस पदाधिकारीको निर्वाचनका लागि तीनदलीय गठबन्धनले साझा उम्मेदवारी दिने निर्णय भएको थियो । निर्विरोध निर्वाचित भएपछि जिससका सबै पदाधिकारीलाई पद तथा गोपनीयताको शपथ खुवाउने र प्रमाणपत्र वितरण मङ्गलबार हुनेछ ।