• १३ साउन २०८१, आइतबार

लेदोसहितको पहिरोले बगाउँदा कपिलवस्तुमा दुईजना भारतीय नागरिक बेपत्ता

blog

जानु पाण्डे

कपिलवस्तु, असार ६ गते । कपिलवस्तुको शिवराज नगरपालिका १ पहिरा खोलामा आएको लेदोसहितको पहिरोले बगाउँदा दुई भारतीय नागरिक बेपत्ता भएका छन् । 

बिहान साढे ७ बजे प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गरी फर्किने क्रममा सडकबाट बग्दै गरेको भलले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक जेसी शाहले बताउनुभयो । 

बेपत्ता हुनेमा भारतको बलरामपुर जिल्ला बस्ने वर्ष १७ का निखिल कौशल, वर्ष १८ सुरज सोनी रहेको प्रहरीले जनाएको छ । उहाँहरु लु २ ख २७१६ नम्बरको फोर्स गाडीबाट यात्रा गरेका थिए । सडकमा पानीको भल देखेपछि गाडीबाट ओर्लिएर हिँड्ने क्रममा बगाएको सशस्त्र प्रहरी २८ नम्बर गणका प्रमुख सूर्यबहादुर सेन ओलीले बताउनुभयो ।

बेपत्ताको खोजीको लागि घटनास्थलमा अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको टोली खटिएको छ ।