काठमाडौं महानगरपालिकाले नुवाकोटस्थित सिसडोल क्षेत्र अबको एक महिनाभित्र दुर्गन्धरहित हुने जनाएको छ । महानगरको आइतबार बसेको कार्यपालिका बैठकमा प्रमुख वालेन्द्र साहले सिसडोल क्षेत्र एक महिनाभित्र दुर्गन्धरहित हुने ढंगबाट पहल भइरहेको बताउनुभयो ।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ को विभिन्न शीर्षकमाथि मन्त्रालयगत छलफल जारी रहेको छ ।
निर्माण कम्पनीको लापरवाहीको कारण पक्की पुल निर्माणकार्य समयमा सम्पन्न नहुँदा रौतहटमा नदी तर्न शुल्क तिर्नुपर्ने बाध्यता छ । जिल्ला सदरमुकाम गौर र इशनाथ नगरपालिका जोड्ने टुकुलियाघाटको पुल नबनेपछि सर्वसाधारणले शुल्क तिरेर बाँसको अस्थायी पुल र डुंगा प्रयोग गर्न बाध्य छन् ।
सप्तरीको खाँडौ नदीको तटीय भागमा अवस्थित लौनियाँलाई भूक्षय र वातावरण जोगाउने उद्देश्यले विभिन्न प्रजातिका बोट विरुवा रोपिएका छन् । डिभिजन वन कार्यालय सप्तरीको सहयोग र गाउँपालिका तथा वडा नम्बर २ कार्यालयको सहकार्यमा एक हजार पाँच सय बोट विरुवा निःशुल्क वितरण गरिएको हो ।
महोत्तरीमा अन्धविश्वास र कुरीति अझै पनि कायमै रहेको पाइएको छ । भर्खर महोत्तरीको सदरमुकामसमेत रहेको जलेश्वर नगरपालिकामा बोक्सीको आरोपमा दुई जना महिलामाथि कुटपिट र अमानवीय व्यवहार भएको छ ।
आइतबार सम्पन्न जिल्ला समन्वय समिति निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको गठबन्धन प्यानल विजयी भएको छ । काँगे्रसका बालकृष्ण श्रेष्ठ १३ मतसहित प्रमुख र उपप्रमुखमा समाजवादीका पद्मनाथ नेपाल १३ मत ल्याई निर्वाचित हुनुभएको छ ।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा. भीमप्रसाद सुवेदीले नेपालको शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्न आवश्यक भएको बताउनुभएको छ । विश्वविद्यालय अनुदान आयोग र मंगल बहुमुखी क्याम्पसद्वारा संयुक्त रुपमा आयोजित पाँच दिने कार्यशाला समापन कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो ।
काठमाडौँ, जेठ २९ गते । गत वर्षको बाढी तथा पहिरोका कारण असर परेको मध्यमर्स्याङ्दी– मर्स्याङ्दी प्रसारण लाइनमा नयाँ निर्माण भएको टावरबाट तार टाँग्नका लागि केही जलविद्युत्् आयोजनाको बिजुली उत्पादन बन्द गरिएको छ । प्रसारण लाइन मर्मतका लागि भन्दै प्राधिकरणले लमजुङमा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङ्दी ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी, ३० मेगावाटको न्यादी जलविद्युतगृहबाट आज दिनभर बिजुली उत्पादन बन्द गरेको हो । ती विद्युतगृहमा आज बिहान ०६ बजेदेखि साँझ ६ बजेसम्म विद्युत् उत्पादन बन्द गरिनेछ । गत वर्षको १९ असारमा आएको पहिरोले ढालेको मध्यमर्स्याङ्दी–मर्स्याङ्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावरको ठाउँमा निर्माण गरिएको नयाँ टावरमा तार टाँग्नका लाइन बन्द (सट डाउन) गरिएको प्राधिकरणले जानकारी दिएको छ । प्रसारण लाइन बन्द भएपछि उक्त लाइनमा जोडिएका विद्युतगृहबाट विद्युत् उत्पादन स्वतः बन्द हुनेछ । पहिराले मध्यमर्स्याङ्दी–मर्स्याङ्दी प्रसारण लाइनअन्तर्गत लमजुङको राइनास नगरपालिका–८, माझीगाउँस्थित ९ नम्बर टावर ढालेको थियो । प्राधिकरणले आपतकालीन पुनःस्थापना प्रणाली (इआरएस) जडान गरी गत वर्ष २ साउनबाट प्रसारण लाइन सञ्चालनमा ल्याएको थियो ।अहिले उक्त स्थानमा नयाँ टावर निर्माण गरिएको छ । आइतबार इआरएस हटाई नयाँ टावरमा तार टाँगिने छ । यसका लागि उक्त प्रसारण लाइन सट डाउन गरिनेछ । यसबाट यस प्रसारण लाइनमा जोडिएका जलविद्युतगृहबाट उत्पादित विद्युत् पनि बन्द हुनेछ । वैकल्पिक व्यवस्थामार्फत उपभोक्तालाई बिजुली करिब १५० मेगावाट विद्युत् उत्पादन बन्द हुने भएपछि प्राधिकरणले वैकल्पिक व्यवस्था गरी उपभोक्तालाई विद्युत् आपूर्ति गर्नेछ । आइतबार मध्यमर्स्याङ्दीबाट विद्युत् उत्पादन बन्द हुने भएपछि अरु दिनको तुलनामा भारततर्फ पनि विद्युत् निर्यात कम हुनेछ । आज आइतबार करिब साढे २०० मेगावाट मात्रै विद्युत् निर्यात हुनेछ ।
रमल्लाह [प्यालेस्टाइन], जेठ, २९ गते । प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले शनिबार अमेरिकी राष्ट्रपति जो बाइडेनको अपेक्षित भ्रमण अघि वेस्ट बैंकको रामल्लाह शहरमा भ्रमणरत अमेरिकी वरिष्ठ कूटनीतिज्ञहरूसँग भेटवार्ता गरेका छन् । भेटका क्रममा अब्बासले निकट पूर्वी मामिलाका लागि अमेरिकी सहायक विदेशमन्त्री बारबरा लीफ र इजरायली र प्यालेस्टाइन मामिलाका लागि उपसहायक सचिव हेडी अमरलाई प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन (पीएलओ) लाई आतङ्कवादको सूचीबाट हटाउँन र अमेरिकी वाणिज्य दूतावास पुन: खोल्न आग्रह गरेको बताइएको छ। अब्बासले पीएलओ पूर्ण शान्ति साझेदार हो र अमेरिकाले इजरायलसँग प्रायोजित शान्ति सम्झौताको एक शृङ्खलामा हस्ताक्षर गरेको बताएको प्यालेस्टिनी समाचार एजेन्सी वाफाले रिपोर्ट गरेको छ। अब्बासले अमेरिकी पक्षलाई वाशिङ्गटनमा पीएलओका बन्द कार्यालयहरू पुन: खोल्नका लागि काम गर्न आग्रह गर्दै पीएलओ "शान्ति प्रक्रिया र सबै एकपक्षीय कार्यहरू रोक्न प्रतिबद्ध छ।" भनेका छन् । वाफाका अनुसार, कूटनीतिज्ञ लीफले संयुक्त राज्य अमेरिका दुई-राज्य समाधानको लागि प्रतिबद्ध रहेको र उनको प्रतिनिधिमण्डलको मिशन "अब्बासलाई भेट्न चाहने राष्ट्रपति जो बाइडेनको भ्रमणको लागि तयारी गर्नु हो" भनेको उल्लेख गरिएको छ । अमेरिकी प्रशासन उपयुक्त वातावरण सृजना गर्न र प्यालेस्टिनीहरू र यस क्षेत्रका सबै मानिसहरूलाई आशा दिन उत्सुक रहेको भनी लीफले बताएको समाचार एजेन्सीले जनाएको छ ।
लैङ्गिक हिंसाबाट विशेषगरी महिला तथा बालबालिकाहरू पीडित-प्रभावित हुने गरेका छन् । यसबाट उनीहरूमा शारीरिक, यौनजन्य, मानसिक तथा मनोवैज्ञानिक, आर्थिक तथा सामाजिक असर पर्ने गरेको छ ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका भ्रमणमा रहेको नेपालले त्रिदेशीय सिरिजको दोस्रो खेलमा आज (शनिबार) आयोजक अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा राति ९ः१५ बजे सुरु हुने खेलमा नेपाल अमेरिकाविरुद्ध जित निकाल्ने लक्ष्यमा छ ।
नेपालमा प्रि–मनसुन सुरु भएसँगै चट्याङ पर्न थालेकाे छ । यो बेलादेखि बढी क्रियाशील हुने चट्याङ्ले बर्षेनी जनधको क्षति गरिरहेको छ । बितेको केही दिनमा मात्रै देशका विभिन्न ठाउँमा चट्याङ् लागेर तीन जनाले ज्यान गुमाइसेकका छन् । तर यसको पूर्वानुमान गर्न नेपालमा कुनै प्रविधि भएको पाइँदैन ।
बेइजिङ, जेठ २६ गते । राष्ट्रपति सी चिनफिङ तेस्रोपटक पुनः सत्तामा पुग्ने तयारीमा रहेका बेला चीन कोभिड–१९ भन्दा पहिलेको जस्तो अवस्थामा नरहेको अधिकारीहरूले बताएका छन् । सन् २०१८ मा चीनको नेशनल पिपुल्स कङ्ग्रेसले राष्ट्रपतिको दुई कार्यकालको सीमा हटाउने प्रस्ताव अनुमोदन गरेपछि सीलाई अब आजीवन प्रभावकारी रूपमा सत्तामा रहन सक्ने बाटो खुलेको ज्योपोलिटिकल इन्फो डटले जनाएको छ । विश्व महाशक्ति राष्ट्र बन्ने चीनको चाहना गतिहीन भएको छ तर सर्वोच्च नेता सीले कीर्तिमानी तेस्रो कार्यकालको सत्ता सुनिश्चित गर्ने मौका खोजिरहेका छन् । यसैवर्ष हुने चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनको मिति घोषणा गरिएको छैन तर मिति घोषणा भएसँगै सीको पुनः सत्तारुढ हुने चाहना अभिव्यक्त हुने अपेक्षा गरिएको छ ।
किन्शासा, जेठ २५ गते । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको मध्य क्षेत्रमा मङ्गलबार हीरा खानीमा पहिरो जाँदा पुरिएर ४० भन्दा बढी मानिसहरूको मृत्यु भएको स्थानीय अधिकारीहरूले बिहीबार पुष्टि गरेका छन् । कासई प्रान्तीय सरकारका आन्तरिक मन्त्री आलेन शिसुङ्गु नतुम्बाले साम्बा शहरमा भएको घटनाको हताहतबारे सञ्चारलाई जानकारी गराएका छन् । उनले मृतकहरूलाई खानीभित्रबाट निकाल्ने क्रम जारी रहेको बताए । पीडितहरु सबै हिरा खानीमा काम गर्ने श्रमिक रहेको ती अधिकारीले बताए । पहिरोले करिब ४० वटा खाडललाई पुरेको बताइएको छ ।
शालिग्राम नेपाल चितवन, जेठ २६ गते । नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियार (कान)को हत्या प्रकरणमा सम्लग्न तीन जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भरतपुर महानगरपालिका १५ का ३५ वर्षीय हेमन्त बास्तोला (विश्व), भरतपुर १२ का २३ वर्षीय राहुल परियार र माडी घर भई हाल भरतपुर १५ मा बस्दै आएका रोहित सिलवाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार बास्तोलालाई काठमाडौंबाट पक्राउ गरिएको हो । अन्य दुई जना चितवनबाटै पक्राउ परेको डिएसपी अधिकारीले जानकारी दिनुभयो । पक्राउ परेकाहरुलाई थुनामा राखी थप अनुसन्धान भइराखेको प्रहरीले जनाएको छ । वैशाख २५ गते साँझ ७ः३० बजेको समयमा भरतपुर महानगरपालिका वडा नं.७ कृष्णपुरस्थित पन्चेश्वर नगर प्लटिङ्गको बाटोमा मोटरसाइकलमा आएका व्यक्तिहरूले अनिल परियारलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।