• १८ असार २०८१, मङ्गलबार

बोक्सी भन्दै कुटपिट तथा अमानवीय व्यवहार गर्ने दुई जना पक्राउ

blog

बोक्सी भन्दै कुटपिट र अमानवीय व्यवहार खेपेका कालो देवी र दुलारी देवी

महेशकुमार दास 

जलेश्वर, जेठ २९ गते । महोत्तरीमा अन्धविश्वास र कुरीति अझै पनि कायमै रहेको पाइएको छ । भर्खर महोत्तरीको सदरमुकामसमेत रहेको जलेश्वर नगरपालिकामा बोक्सीको आरोपमा दुई जना महिलामाथि कुटपिट र अमानवीय व्यवहार भएको छ । 

महोत्तरी प्रहरीले उक्त घटनामा बोक्सी भन्दै कुटपिट तथा अमानवीय व्यवहार गर्ने दुई जनालाई पक्राउ गरेको छ । जलेश्वर नगरपालिका वडा नं. ६ बस्ने ५३ वर्षीय कालो देवी र ५४ वर्षीया दुलरिया देवीलाई बोक्सी भन्दै कुटपिट गरेको आरोपमा सोही ठाउँका ४५ वर्षीय भुलनराम चमार र  २८ वर्षीया सोमारी देवीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले बताउनुभएको छ । कुटपिटबाट दुवै जनाको मुख, आँखा, घाँटी, हात, कम्मर र टाउकोमा चोट लागेको छ । 

“पक्राउ परेका दुवै जनामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट गरी ज्यान मार्ने उद्योग मुद्दामा म्याद थप गरी अनुसन्धान बढाइएको छ ।” प्रहरी उपरीक्षक पंगेनीले भन्नुभयो “घटनामा संलग्न रही फरार रहेका अन्य प्रतिवादीको तदारुकताका साथ खोजतलास गर्नेलगायत अनुसन्धान भइरहेको छ । ”