• ४ जेठ २०८१, शुक्रबार

भक्तपुरको बोडेस्थित टहरामा पुरुषको शव फेला

blog

गोरखापत्र अनलाइन

काठमाडौं,  जेठ २९ गते । भक्तपुरको बोडेस्थित निर्माणाधिन टहरामा एक पुरुषको शव फेला परेको छ । 

भक्तपुरको मध्यपुरथिमी नगरपालिका-८ बोडेस्थित निर्माणाधिन टहरामा ५१ वर्षीय कल्याण साहुको  शव फेला परेको हो ।

रगताम्य अवस्थामा शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी राजु पाण्डेले बताउनुभयो । उहाँका अनुसार प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान गर्दा उक्त शव भक्तपुरको मध्यपुर थिमी नगरपालिका-८ बस्ने ५१ वर्षीय कल्याण साहुको रहेको खुलेको हो । 

साहुलाई कर्तव्य गरी मारिएको आशंकामा केही व्यक्तिलाई पक्राउ गरी प्रहरी वृत्त थिमीले अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धान पुरा गरी शव पोष्टमार्टमका लागि के.एम.सी.अस्पताल दुवाकोटमा राखिएको छ ।