• ११ जेठ २०८१, शुक्रबार

जिससमा कांग्रेस–समाजवादी गठबन्धन प्यानल निर्वाचित

blog

चित्र मिजार

सिन्धुपाल्चोक, जेठ २९ गते । आइतबार सम्पन्न जिल्ला समन्वय समिति निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको गठबन्धन प्यानल  विजयी भएको छ । कांग्रेसका बालकृष्ण श्रेष्ठ १३ मतसहित प्रमुख र उपप्रमुखमा समाजवादीका पद्मनाथ नेपाल १३ मत ल्याई निर्वाचित हुनुभएको छ ।

यस्तै, नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) गठबन्धन प्रमुखका उम्मेदवार गणेश बिकले १० मत र उपप्रमुखका जंगप्रताप सिलवाल (जेपी) ले ११ मत ल्याई पराजित हुनुभएको छ । बिक माओवादी र सिलवाल एमालेबाट प्रतिनिधित्व गर्नुभएको थियो ।  

जिसस सदस्यमा कांग्रेसका बलराम केसी, विक्रम तामाङ, जितबहादुर कार्की, सोममाया श्रेष्ठ, ढकमाया सेतोकोइराला, अम्बिका बस्नेत र समाजवादीका तारा नेपाली निर्वाचित हुनुभएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लाभरकै १२ स्थानीय तहमा गठबन्धन गरेका माओवादी–समाजवादी गठबन्धन जिसस निर्वाचनले टुटेको छ । 

१२ स्थानीय तहका तीन नगरपालिकाका प्रमुख÷उपप्रमुख र नौ गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्षले मतदान गरेका थिए । 

नवनिर्वाचित जिसस प्रमुख वालकृष्ण श्रेष्ठ र उपप्रमुख पद्मनाथ नेपाल