• १५ वैशाख २०८१, शनिबार

इलामको माईमा भारतीय नागरिक मृत फेला

blog

प्रेम अधिकारी

पशुपतिनगर (इलाम), असार १ गते । इलामको माई नगरपालिकामा बसोबास गरी मजदुरी काम गर्दै आउनुभएका भारतीय नागरिकको मृत्यु भएको छ । 

भारतको दार्जिलिङ पोख्रेवुङ्ग स्थायी घर भएका ४० वर्षीय दाबा शेर्पा आज बिहान माई–४ को अर्ने खोल्सीमा मृत भेटिनुभएको हो । उहाँ विगत दुई वर्षदेखि माई नगरपालिकामा मजदुरी गर्दै आउनुभएको थियो ।

अत्यधिक मादक पदार्थ सेवन गर्ने शेर्पा स्थानीय क्षेत्रमा ज्यालादारी काम गर्ने गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रहरीका अनुसार मृतक शेर्पाको शव पोस्टमार्टमका लागि इलाम अस्पताल लगिएको छ । पोस्टमार्टम र शव व्यवस्थापनसहितको कार्य माई नगरपालिकाले गरेको छ  ।