• १९ असार २०८१, बुधबार

आउँदो निर्वाचनप्रति लचक छौंः नेकपा महासचिव चन्द

blog

भेलाका क्रममा नेत्रविक्रम चन्द (विप्लव) मंगलसेन, अछाममा । तस्बिर– शिवराज ढुंगाना

शिवराज ढुङ्गाना

मङ्गलसेन, असार ८ गते । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले आगामी निर्वाचनप्रति आफू लचक भएको बताउनुभएको छ । अछाम सदरमुकाम मङ्गलसेनमा भेटघाटको क्रममा पत्रकारसँग कुरा गर्दै आफूहरु संसदीय व्यवस्था र जनताको अवस्था परिवर्तनको पक्षमा रहेको भए पनि आगामी निर्वाचनमा लचक भएको भनाइ राख्नुभयो । 

आउने सङ्घीय र प्रदेश चुनावमा पार्टी नै दर्ता गरेर चुनावान जाने विचार नभएको भन्दै महासचिव चन्दले जनताको मागअनुसार अगाडि बढ्ने बताउनुभयो । स्थानीय तहको निर्वाचनलाई उपयोग गर्ने विषयमा छलफल भएपछि पार्टीबाट केही नेताहरु बाहिर गएको  उहाँले बताउनुभयो । 

संसदीय व्यवस्थाभन्दा समाज रुपान्तरण र स्वाधीनतासँगै वैज्ञानिक समाजवादका पक्षमा आफूहरु रहेको भन्दै सबै दल एक ठाउँमा उभिन उहाँले आग्रह गर्नुभयो । पत्रकारको प्रश्नमा महासचिव चन्दले “कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्नुपर्छ भन्ने हाम्रो सोचाइ छ ।