• १६ चैत २०८०, शुक्रबार

जनधनको क्षति कम गर्न पूर्वसूचना प्रणाली

blog

मेलम्ची नगरको मेलम्चीबजार, तालामाराङ र बाहुनेपाटीबजारमा जडान गरिएको पूर्वसूचना प्रणाली (साइरन) ।

चित्र मिजार

सिन्धुपाल्चोक, असार ९ गते । बाढी पहिरोबाट जनधनको क्षति कम गर्न मेलम्ची बजार, तालामाराङ र बाहुनेपाटी बजारमा पूर्वसूचना प्रणाली (साइरन) जडान गरी परीक्षण सफल भएको छ । गत असार १ गते र त्यसपछिका भेमाथाङ पहिरो मेलम्ची बाढीमा परिणत भएर आएपछि ठूलो धनजनको क्षति पु¥याएपछि यो वर्ष त्यस्तो क्षति हुनबाट जोगाउन साइरन जडान गरेर सफल परीक्षण सम्पन्न भएको छ । 

मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची बजार र बाहुनेपाटी बजारमा साइरन जडान गरिएको सो नगरका प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो । उक्त पूर्वसूचना प्रणालीले मनसुनको समयमा हुनसक्ने सम्भावित विपद्को जोखिमलाई कम गरी जनधनको क्षति हुनै नदिन साइरन जडान गरेर सफल परीक्षण गरिएको मेयर तामाङले बताउनुभएको छ । 

उक्त नगरले आफ्नै लगानीमा रामलक्ष्मण इनोभेसन प्रालिको सहयोगमा ‘अर्लि वार्निङ सिस्टम’ साइरन प्रविधि जडान गरेको थियो । अहिले पनि मेलम्ची नदीको बाहव बढ्दै आएको छ । संरक्षित आवासका लागि बाढी पहिरोग्रस्त क्षेत्रका नागरिकलाई तीनै तहका सरकारले उचित ध्यान दिनुपर्ने बाढीपीडित तथा सामाजिक अगुवा सागरकुमार श्रेष्ठले सरकारसँग आग्रह गर्नुभएको छ ।