• ७ जेठ २०८१, सोमबार

जिप दुर्घटनामा छ जना घाइते

blog

गणेश खनाल
अर्घाखाँची, असार ७ गते । अर्घाखाँचीकाे शीतगङ्गा नगरपालिका वडा नम्वर १४ करेचुलीमा मङ्गलबार जिप दुर्घटना भएकाे छ ।

अर्घाखाँची शीतगङ्गा नगरपालिका वडा नम्बर १४ बाट रूपन्देही जिल्लाकाे साल्झण्डीतर्फ जाँदै गरेकाे  लु १ ज १९४८ नम्बरको जिप ब्रेक फेल भएर दुर्घटना भएकाे हाे ।

जिपमा सवार छ जना यात्रु घाइते भएकाे प्रहरी नायब उपरीक्षक अम्मरबहादुर थापाले जानकारी दिनुभयाे ।

घाइते बिरामीलाई उपचारका लागि बुटबल पठाइएको प्रहरीकाे भनाइ छ ।