• ७ जेठ २०८१, सोमबार

ललितपुरमा जनावरको उपचारका लागि एम्बुलेन्स सेवा सुरु

blog

गोरखापत्र अनलाइन 

ललितपुर, असार ८ गते । ललितपुर महानगरपालिकाको सडकमा रहेका घाइते जनावरको उपचारका लागि एम्बुलेन्स सेवा सुरु भएको छ । महानगरले बुधबार एक कार्यक्रममार्फत जनावरको अधिकारको संस्था स्नेहाज केयरसँगको सहकार्यमा सो सेवा सुरु भएको जनाएको छ । महानगर प्रमुख चिरीबाबु महर्जनले एम्बुलेन्सको साँचो स्नेहाज केयरका प्रमुख स्नेहा श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो । 

श्रेष्ठले विभिन्न कारणले घाइते जनावरलाई अस्पताल पु¥याउन सहयोग पुग्ने उद्देश्यका साथ एम्बुलेन्स सेवा सुरु गरिएको बताउनुभयो । “हामी जनावरको अधिकारप्रति संवेदनशील छौं, सडकपेटीमा भेटिने बिरामी जनावर बोक्न निकै गाह्रो हुँदाेरहेछ, त्यसैले व्यवस्था गरेको हौं ,”उहाँले भन्नुभयो ।



जनावरको अधिकारप्रति संवेदशील भएकोमा महानगरलाई धन्यवाद दिनुहुँदै श्रेष्ठले बिरामी एवम् घाइते जनावरको उपचारमा आउने समस्याबारे आफ्नो अनुभव पनि राख्नुभयो । महानगरले कोरोनाका कारण लकडाउन भएका बेला सामुदायिक कुकुर, परेवा, बाँदरलगायतका जनावरलाई सडक, गल्ली चोकमा पुगेर खानेकुरा खुवाउने व्यवस्था गरेको थियो । महानगरका अनुसार उक्त एम्बुलेन्स ४० लाखमा खरिद गरिएको हो ।