गएरातिदेखि परेको अविरल वर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा- बुटवल सडक खण्ड अवरूद्ध बनेकाे छ । सिद्धवाबा क्षेत्रमा पहिराे खस्दा विहानैदेखि सडक अवरुद्ध भएको हाे । सडकमा लेदोसहित ढुङ्गा खसेकाे प्रहरीले जनाएकाे छ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देश अर्धऔपनिवेश अवस्थामा रहेको बताउनुभएको छ । राजधानीमा आयोजित 'नेपालमा समाजवादः चुनौती र सम्भावना' विषयक अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै उहाँले साे धारणा राख्नुभएकाे हाे ।
नेपाली कांग्रेसका केन्द्रीय उप–सभापति पूर्णबहादुर खड्काले टिकट नपाएको झोकमा पार्टीभित्रै अन्तरघात भएको बताउनुभएको छ । आइतबार सुर्खेतमा भएको स्थानीय तह निर्वाचन–२०७९ बाट निर्वाचित कांगे्रस जनप्रतिनिधिलाई शुभकामना एवम् अभिमुखीकरण कार्यक्रममा उपसभापति खड्काले यस्तो बताउनुभएको हो ।
नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले समसामयिक राजनीतिक तथा सैद्धान्तिक विषयमा बोल्नुहुँदै राजनीतिक उपलब्धीबाट जनताको जीवन फर्न सक्यौं कि सकेनौं भन्ने प्रश्न गर्नुभएको छ ।
पानी नपरेपछि पाल्पाको अधिकांश भूभागमा धान रोपाइँ गर्न ढिलाइ भएको छ । गत वर्ष यही समयमा ५० प्रतिशत खेतीयोग्य भूभागमा धान खेती भएको थियो । यो वर्ष पर्याप्त वर्षा नहुँदा धान खेतीका लागि आवश्यक पर्ने पानीको जोहो हुन सकेको छैन ।
जापान सरकारले राजधानी टोक्योसहित आसपासका तीन करोड ७० लाख ग्राहकसँग सोमबार न्यून विद्युत खपत गर्न निर्देशन दिएको छ ।
नेपालमा कहीँकतै नपाइने टुप्पो विनाको बाँस धरानस्थित प्रसिद्ध बुढासुब्बा मन्दिर परिसरमा रहेको छ । उक्त बाँसको प्रजाति सिमेन्टका संरचना निर्माण भएपछि नष्ट हुने अवस्थामा पुगेकाले यस्को संरक्षण गर्न थालिएको छ ।
बाह्रबिसे नगरपालिका–९ आरुखर्क चापानी लेकमा लेकाली आलुको बीउको व्यावसायिक उत्पादन थालिएको छ । स्थानीय समुदायले ६० रोपनी निजी जग्गामा व्यवसायिक रुपमा आलु खेती गरी आलुको वीउ उत्पादन गर्न थालेका छन् ।
खप्तड छेडेदह गाउँपालिका वडा नं १ काँडाका बीरबहादुर रावलले रोपेको दुई वर्षमै स्याउ फल्न सुरु भएको छ । २०७७ सालको फागुन महिनामा इटालीबाट ल्याएको फुँजी, गाला र गोल्डेन जातको स्याउ लगाएको दुई वर्षमै फल्न सुरु गरेको हो ।
नेपालका केही भूभागमा बर्डफ्लु रोग लागेकाले जिल्लामा उक्त रोग सर्न नदिनका लागि आवश्यक सतर्कता अपनाइने भएको छ । जिल्लास्थित विभिन्न सरोकारवालाहरूको बैठक बसेर बर्डफ्लू रोग लाग्न नदिन सरोकारवाला पक्षबाट सतर्कता र आवश्यक तयारी गर्ने निर्णय गरिएको हो ।
साउदी अरबका युवराज मोहम्मद बीन सल्मान अल साउद र इराकका प्रधानमन्त्री मुस्ताफा अल काधिमीका बीचमा भेटवार्ता भएको छ ।
काठमाडौं उपत्यकामा हैजा पुष्टि हुनेको संख्या १२ पुगेको छ । काठमाडौं उपत्यकामा हैजा देखिएसँगै ललितपुर महानगरपालिकाले हैजा फैलिन नदिन पानीपुरी विक्री वितरणमा रोक लगाएको छ । जिल्ला जनस्वास्थ्य काठमाडौँले हैजा देखिएपछि हैजा रोकथाम तथा नियन्त्रणका लागि छानविन समिति गठन गरेको छ ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले १० वर्षे ९२०२१–२०३०० एकीकृत व्यावसायिक योजना परिमार्जन गर्ने भएको छ । निगमको संस्थागत संरचनालाई सुदृढ तुल्याई सेवालाई चुस्त र दुरुस्त पार्ने नीतिगत योजना अघि बढाएको निगमले रणनीतिक महत्वको व्यावसायिक योजनाको परिमार्जन गर्ने निर्णय गरेको हो ।
गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले कृषकहरुलाई प्रोत्साहन गर्दै व्यावसायिक र कृषि पेशामा कटिबद्ध भएर लाग्नको लागि सम्मान गरेको छ । कृषि शाखाको आयोजनामा आ.व.०७८/७९ को नीति तथा कार्यक्रम अनुसार नगरपालिका भित्रका उत्कृष्ट बीस जना कृषकलाई सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिनुभयो ।
दुई वर्षपछि विधायिकी प्रक्रिया पुनः प्रारम्भ गर्दा संसद्मा भने प्रस्ताव निर्णयार्थ पेसका लागि आवश्यक न्यूनतम सङ्ख्या नै अभाव भएको छ । २०७७ असार १५ पछि ठप्प कानुन निर्माण प्रक्रियामा प्रतिनिधि सभामा सरकारले प्रस्ताव अघि बढाउन नसक्ने अवस्था सिर्जना भएको हो ।