गुल्मी तम्घासकी कमला भलामीको दिनचर्या बिहान सुरु हुन्छ । उठेदेखि उहाँ च्याउ खेतीमा लाग्नुहुन्छ । उहाँका दिनचर्या यसरी नै बितिरहेको छ । उहाँले रेसुंगा नगरपालिका–८ खानीगाउँमा च्याउ खेती गर्दै आउनुभएको छ । भलामी फर्मको स्थापना गरी उहाँले व्यवसायिक रुपमा च्याउ खेती गर्दै आउनुभएको हो ।
कर्णालीमा छाउपडी प्रथा उन्मुलनका लागि अभियानहरु सञ्चालनमा करौडौं रकम खर्च भए पनि अवस्था राम्रो हुन सकेको छैन । कर्णालीका ग्रामिण भेगमा सुत्केरी हुँदासमेत अहिले पनि गोठमा बस्नु बाध्यता कायमै छ ।
सरकारी कागजात कीर्ते गरेको अदालतबाट फैसला भएपछि प्रदेशसभा सांसद गुलेफुन खातुनले पदबाट राजीनामा दिनुभएको छ । सांसद खातुनले बुधबार संसद सचिवालयमा दिनुभएको राजीनामा बिहीबार स्वीकृत भएको छ ।
गुल्मीको बढीगाड खोला किनारमा सडेको अवस्थामा बेवारिसे शव फेला परेको छ । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्वर ४ साहाघाटस्थित बढीगाड खोलामा सडेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ ।
सिद्धबाबा सडकखण्डको विकल्पको रुपमा निर्माण थालिएको झुम्सा–चरङ्गे सडक खण्ड पाँच वर्षदेखि अलपत्र बनेको छ । निर्माण कार्य सुरु गरेको पाँच वर्षसम्म पनि २० किलोमिटर सडकले पूर्णता पाएको छैन । सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा क्षेत्रको वैकल्पिक सडक निर्माण गर्ने उद्देश्यका साथ लुम्बिनी प्रदेश सरकारले पाँच वर्षअघिदेखि नै बजेट विनियोजन गरेर काम सुरु गरेको थियो । हरेक वर्ष यो सडकका लागि बजेट विनियोजन हुँदै आएको छ । यद्यपि काम भने कछुवा गतिमा हुँदा सडक पाँच वर्ष बितिसक्दा समेत पूरा हुन सकेको छैन ।
मधेश सरकारले शहीद परिवारलाई भरणपोषण वापत मासिक २१ हजार रुपियाँ दिने भएको छ । भरणपोषण तथा छात्रवृत्ति सम्बन्धी कार्यविधि २०७९ को दफा (६) बमोजिम जनआन्दालेन, जनयुद्ध र मधेश आन्दोलनका शहीद परिवारलाई मासिक २१ हजार रुपियाँका दरले सो रकम दिने निर्णय गरेको हो ।
पर्यावरणीय अध्ययन विना बस्तीमाथि डोजरले जथाभावी सडक खन्दा आएको बाढी पहिरोले बैतडीको सिगसमा दुई वटा सिँचाइ कुलो बगाउनुका साथै ५० रोपनी खेत र छ वटा घर उच्च जोखिममा परेका छन् ।
कहिले पनि घाम नअस्ताउने भनेर चिनिएको देश बेलायतबाट चीनले आफ्नो अभिन्न भूभाग हङकङ फिर्ता लिएको २५ वर्ष पूरा भएको छ । ‘एक देश, दुई व्यवस्था’को सिद्धान्तमा चीनले हङकङ सन् १९९७ जुलाई १ मा मुख्य भूमिमा पुनः गाभेको थियो ।
बुधबार बिहान ७ बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२मा रहेको मेट्रो कलेजमा कृषि विषय पढ्ने विद्यार्थीहरु हिलाम्य खेतमा देखिए ।
बलात्कारको आरोपमा एक वडाध्यक्षसहित दुई जना पक्राउ परेका छन् । पक्राउपर्नेमा जिल्लाको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगी रहेका छन् ।
मोरङमा लगातारको वर्षाका कारण ३६७ घरधुरीका एकहजार ३६८ जनालाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता दीपक श्रेष्ठकाअनुसार जिल्लाका धेरै क्षेत्रमा वर्षाका कारण डुबान र कटानको जोखिम देखिएको छ । मंगलबारदेखि लगातार परेको वर्षा बुधबार समेत जारी छ ।
सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल जिल्ला महासङ्घ ताप्लेजुङले स्थानीय तहका जनप्रतिनिधिलाई सम्मान गरेको छ । जिल्ला महासङ्घले सामुदायिक वन क्षेत्रमा क्रियाशील रही वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट विभिन्न पदमा निर्वाचित हुने जनप्रतिनिधिलाई सम्मान गरेको हो ।
नेपालमा केही वर्ष यता डेंगु प्रकोपका रुपमा देखिँदै आएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अन्तर्गतको कीटजन्य रोग नियन्त्रण शाखाका डा. गोकर्ण दाहालकाअनुसार सन् २०२२ सुरु भएदेखि अहिलेसम्म २२ जिल्लाबाट ६९ जनामा डेंगुका बिरामी भेटिएका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले वर्षामा विपद् व्यवस्थापन तथा प्रकोप न्यूनिकरण गर्न प्रत्येक जिल्लामा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा मंगलबार बसेको प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले यस्तो निर्णय गरेको हो ।
झापामा अविरल वर्षाका कारण विभिन्न खोला तथा खोल्सामा आएको बाढीका कारण आवतजावतमा समस्या हुन थालेपछि झापाको हल्दिबारी गाँउपालिका र शिवसताक्षी नगरपालिकाले सबै विद्यालयहरु बन्द गर्न निर्देशन दिएका छन् ।