• ५ वैशाख २०८१, बुधबार

गुल्मीको खोला किनारमा बेवारिसे शव फेला

blog

तिलाचन पाण्डे

तम्घास, असार १६ गते । गुल्मीको बढीगाड खोला किनारमा सडेको अवस्थामा बेवारिसे शव फेला परेको छ । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्वर ४ साहाघाटस्थित बढीगाड खोलामा सडेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ । 

शवको लिङ्ग पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी भीमबहादुर दाहालले जानकारी दिनुभयो । घटनास्थलमा इलाका प्रहरी कार्यालय रिडीको टोली गएको र थप अनुसन्धान जारी रहेको दाहालले बताउनुभयो ।