• १३ साउन २०८१, आइतबार

युद्ध मैदानमा पराजित गर्न पश्चिमा राष्ट्रहरूलाई रुसी राष्ट्रपतिकाे चुनौती

blog

काठमाडाैँ, असार २४ गते । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले अझै पूर्णरुपमा युक्रेनमा सैन्य कारबाही नगरेको र गर्नै परेको खण्डमा अझ विषम परिस्थिति सिर्जना हुने चेतावनी दिनुभएको छ । 

रुसी सांसदहरूलाई सम्बोधन गर्नुहुँदै उहाँले रुसलाई युद्ध मैदानमा पराजय गरेर देखाउन युक्रेन र पश्चिमा राष्ट्रहरूलाई चुनौती दिनुभएको अल जजिराले जनाएको छ । 

उहाँले रुसले युक्रेनमाथि सैनिक हस्तक्षेप गरेर एक ध्रुवकाे विश्व बहुध्रुवमा परिणत भएकाे सङ्केत दिनुभएकाे छ । यसैबीच, रुसले युक्रेनको पूर्वी क्षेत्रमा आफ्नो आक्रमणलाई तीव्रता दिएको छ । 

युक्रेनी सहर खारकिभमा भएको रकेट आक्रमणमा तीन जना सर्वसाधारणको मृत्यु हुनका साथै थप पाँच जना गम्भीर घाइते भएका छन् । –उपेश महर्जन