• १६ भदौ २०८१, आइतबार

बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

blog

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), साउन ३ गते । कैलालीमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । ना ६ ख ९६९३ नम्बर बसको ठक्करबाट गौरीगङ्गा २ का खडक थापाको मङ्गलबार बिहान मृत्यु भएको हो । 

सोमबार गौरीगङ्गा नगरपालिका–१ चौमालामा सुदूरपश्चिम यातायातको बसको ठक्करबाट थापा घाइते हुनुभएको थियो । 

टाउकोमा चोट लागेका थापाको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

ठक्कर दिने बस चालक धनगढी उपमहानगरपालिका–१ पुष्पलाल चोक बस्ने वर्ष ४३ का दीप श्रेष्ठ प्रहरी नियन्त्रणमा छन् । बस र चालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

जिल्लामा हालसम्म कोरोना सङ्क्रमणले २८८ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीको तथ्याङ्कमा उल्लेख छ ।