• १९ असोज २०८१, शनिबार

अमेरिकी राष्ट्रपतिको स्वास्थ्यमा सुधार हुँदै

blog

वासिङटन,  साउन ७ गते । कोभिड–१९ सङ्क्रमित राष्ट्रपति जोसेफ बाइडेनको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको छ । राष्ट्रपति कार्यालयका अधिकारीहरूका अनुसार बाइडेनले दिनको आठ घण्टाभन्दा बढी समय काम गरिरहनुभएकाे छ ।     

शुक्रबार उहाँले आफ्नो शीर्ष आर्थिक टोलीसँग भिडियो कन्फरेन्समार्फत गर्नुभयाे । त्यसबखत उहाँले आफ्नो स्वास्थ्यमा क्रमिक सुधार आइरहेको बताउनुभयाे । उहाँलाई खानमा पनि अरूची छैन । प्लेटमा रहेका खानेकुराका केही टुक्रा आफ्ना सहयोगीहरूलाई देखिउँदै आफूलाई खान मन नलाग्ने कुनै समस्या नभएको बताउनुभएकाे थियाे  । कानुनी दस्तावेजहरूमा हस्ताक्षर गर्नाका साथै उहाँले सुरक्षा निकाय र गुप्त सूचना प्रवाह गर्ने संयन्त्रहरूबाट टेलिफोनमा जानकारी लिनुभएकाे थियाे ।     

“उहाँ अझै पनि राष्ट्रपतिको काम गरिरहनुभएकाे, बन्द हुँदैन,” राष्ट्रपति कार्यालयका सञ्चार संयोजक करिन जीन–पियरले भनेका छन् । शुक्रबार निवासमा नै रहेका राष्ट्रपति विभिन्न भर्चुअल बैठकहरूमा सहभागी हुनुभयाे ।