• ११ कात्तिक २०८२, मङ्गलबार

गृहमन्त्री अर्यालद्वारा जनकपुरधामको छठ अवलोकन

blog

जनकपुरधामको गंगासागरमा छठको अवलोकन गर्दै गृहमन्त्री अर्याल सहितको टोली । तस्बिरः धर्बेन्द्र झा

धर्बेन्द्र झा 

जनकपुरधाम, कात्तिक १० गते । अगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन र शान्ति सुरक्षाको विषयमा जानकारी लिन सोमबार जनकपुरधाम आउनुभएका नेपाल सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले जनकपुरधामको छठ पूजामा सहभागी हुनुभएको छ । 

मधेश प्रदेशको राजधानी जनकपुरधामको प्रसिद्ध ऐतिहासिक गंगासागर पोखरीमा भइरहेको छठ पूजाको उहाँले अवलोकन गर्दै गंगा आरतीमा समेत सहभागी हुनुभयो । दुई दिनका लागि जनकपुरधाम आउनु भएका गृहमन्त्री अर्यालको टोलीमा उद्योग र कानूनमन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता तथा गृहसचिव रामेश्वर दङ्गाल रहनुभएको छ । 

गृहमन्त्री अर्यालले महोत्तरी जिल्लाको विभिन्न स्थानमा भइरहेको छठ पूजाको समेत अवलोकन गर्नुभएको छ । नेपाल सरकारले फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन तोकेपछि मधेशमा निर्वाचनको माहोल र शान्ति सुरक्षाको अवस्थाको वारेमा जानकारी लिनका लागि मंगलबार जनकपुरधाममा सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरुसँग छलफल गर्दै उहाँले जानकारी लिनु हुने कार्यक्रम रहेको छ ।