• १३ पुस २०८२, आइतबार

प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा तनहुँद्वारा उम्मेदवार सिफारिस

blog

नेपाली कम्युनिष्ट पार्टी तनहुँको कार्यालय भवन । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
दमौली, पुस १३ गते ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको नामावली सिफारिस गरेको छ । जिल्ला कार्यसमितिको शनिबार सम्पन्न बैठकपछि सार्वजनिक गरिएको सूची अनुसार दुवै निर्वाचन क्षेत्रमा प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवारहरूको नाम सिफारिस गरिएको हो ।

तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ केन्द्रीय लेखा आयोगका सदस्य विद्या ढकाल, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, व्यास नगरपालिका–११ का रामहरि बजगाई, कोपिला पोख्रेल र नारायणबहादुर कार्की क्षेत्री सिफारिसमा पर्नुभएको छ ।

यस्तै, निर्वाचन क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ विनिसा आले, विकास नेपाली, शङ्कर पोख्रेल, सोमबहादुर थापा र भुपाल थापाको नाम सिफारिस गरिएको जिल्ला विभागीय प्रमुख सूर्यबहादुर गौलीले जानकारी दिनुभयो ।

यसैगरी, समानुपातिकतर्फ खस आर्य महिलाबाट गीता शाही र मीना अधिकारी, मुस्लिम महिलाबाट कलिला खान, दलित महिलाबाट जौमाया बराल सुनार तथा सहिद परिवारबाट देवचन्द्र अधिकारी सिफारिस हुनुभएको छ ।

यसैगरी, आदिवासी जनजाति तथा सहिद परिवारबाट रामबहादुर थापा, आदिवासी जनजाति पुरुषबाट कुलबहादुर गुरुङ, दलित पुरुषबाट सोमबहादुर नेपाली र सिताराम घले परिवार तथा खस आर्यतर्फ लक्ष्मी पण्डितलाई सिफारिस गरिएको पार्टीले जनाएको छ ।