• २० जेठ २०८१, आइतबार

लागूपदार्थ गाँजासहित दुई युवा पक्राउ

blog

छविलाल पाण्डे  

बुटवल, साउन ५ गते । रुपन्देही जिल्लाको सैनामैना नगरपालिकाका विभिन्न स्थानबाट एक केजी पाँचसय ग्राम गाँजासहित दुई युवा पक्राउ परेका छन् । 

इलाका प्रहरी कार्यालय सालझण्डीको टोलीले ती दुई युवालाई सूचनाका आधारमा पक्राउ गरेको जनाएको छ । 

प्रहरी निरीक्षक जगन्नाथ मरासिनीका अनुसार मङ्गलबार सैनामैना नगरपालिका वडा नं. १० झिमपुर बस्ने वर्ष २७ का रोशन थारु र सैनामैना नगरपालिका वडा नं. ५ बालापुर बस्ने वर्ष २७ को कमल कुमालले आफ्नै घरमा लुकाई राखेको करिव एक केजी पाँचसय ग्राम सुकेको गाँजासहित पक्राउ गरिएको हो ।  

प्रहरीका अनुसार रोशन थारुको घरबाट एक केजी ३५० ग्राम र कमल कुमालको घरबाट दुईसय १० ग्राम गाँजा बरामद गरिएको हो । 

घरमै लागूपदार्थ गाँजा राखेर उनीहरुले विक्रीवितरण गर्दै आएको प्रहरीको भनाइ छ ।