गत आइतबार केन्याको एक नदीमा बस खसेर भएको दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । राजमार्गमा कुदिरहेका बेला गत आइतबार बेलुका बस नदीमा खसेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
पर्वतको कुश्मा नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा विक्रीवितरण हुने उपकरणमा विक्रेतासँग कर्मचारीले कमिसन लिने गरेको पाइएको हो । बजारमा व्यक्तिगत रुपमा खरिद गर्दा ४० हजारसम्ममा पाइने हलोमा कृषकहरुले ५२ हजार तिर्ने गरेको पाइएको हो ।
गुल्मी अस्पतालमा असार २८ गते सुत्केरी भएका महिलाको पाठेघर भित्रै प्याड रहेको रहस्य सार्वजनिक भएको छ । गुल्मी अस्पतालमा साउन २८ गते सुत्केरी भएका छिमेकी जिल्ला अर्घाखाँची छत्रदेव गाउँपालिका ८ की २१ वर्षीया अप्सरा पाण्डेको पाठेघरभित्रै प्याड छोडिएको भन्दै पाण्डेका परिवारले आरोप लगाएका छन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ साउन २१ गतेदेखि पाँचदिने जापान भ्रमणमा जान लाग्नुभएकाे छ ।
कोरोनाविरुद्धको करिब डेढ लाख खोप खेर गरेको अनुमान गरिएको छ । स्वास्थ्य सेवा विभाग, आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले कोरोनाविरुद्धको कोभिसिल्डको करिब डेढ लाख खोप खेर गएको अनुमान गर्नुभयो ।उहाँका अनुसार जुलाई २३ तारिखसम्म मात्रै कोभिसिल्डको खोपको म्याद रहेको थियो ।
धरानमा हाइकिङ्ग जाने प्रचलनलाई ब्यापकता बनाउनमा ठूलो भूमिका निभाउने सेवक अभियानले हाइकिङ्गसँग सम्बन्धित हाइकिङ्ग गीत सार्वजनिक गरेको छ।
काठमाडौं उपत्यकाका नेवाः समुदायले श्रावण कृष्ण चतुर्दशीका दिन गठेमंगल पर्व मनाउने गर्छन् । गठेमंगललाई घण्टाकर्ण पर्व र भूत भगाउने पर्व पनि भनिन्छ । यो समुदायले मङ्गलबारको दिन घर सफा गरेर भूत फाल्ने गर्छन् ।
बाँकेको कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा मंगलबार बिहान रहस्यमय अवस्थामा दम्पतीको शव फेला परेको छ । स्थानीय २२ वर्षीय कृष्ण गडरिया र उहाँकी पत्नी २० वर्षीया मञ्जु गडरिया घरभित्रै मृत अवस्थामा भेटिएको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको छ ।
रुपन्देहीको सियारी गाउँपालिका वडा नं २, च्याङ्गठामा पशु हाटबजार सञ्चालनमा आएको छ । विश्व बैँकको पाँच करोड ऋण अनुदानमा हाटबजार तयार भएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले हाटबजारको उद्घाटन गरेसँगै सञ्चालनमा आएको छ ।
लगातार गाउँमा ढुङ्गा झर्न थालेपछि रुकुमपूर्वको सिस्ने गाउँपालिका – ३ पोखराका सर्वसाधारणहरु त्रसित बनेका छन् । वर्षा सुरु भएसँगै गाउँ माथिको लेकबाट ढुङ्गा खस्न थालेपछि गाउँलेहरु त्रसित बनेका हुन् ।
सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई सोमबार लालपुर्जा वितरण गरिएको छ । बाह्रबिसे नगरपालिकाद्धारा आयोजित लाजपूर्जा वितरण कार्यक्रममा नेपाली काँगे्रसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले बाह्रबिसे नगरपालिका–७ टंसारका १४ जना पहिरो पीडितलाई लालपूर्जा वितरण गर्नुभयो ।
आर्थिक वर्ष २०७८/७९ मा विश्वका १६४ देशबाट नेपालले विभिन्न मालवस्तु आयात गरेको पाइएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आवको तथ्याङ्कअनुसार नेपालमा ती देशबाट रु १९ खर्ब २० अर्बभन्दा बढीको सामान आयात भएको हो ।
पाल्पाका १४ वटा सहकारी संस्थाले प्रतिफलमा आधारित प्रोत्साहन अनुदान पाएका छन् । जिल्लाका विभिन्न स्थानबाट खसी तथा बोकाका मासु उत्पादन तथा विक्री गर्र्ने १४ वटा सहकारी संस्थाहरूले उत्पादनका आधारमा प्रतिफल अनुदान पाएका हुन् ।
धर्मसन्तानका नाममा १४९ बालबालिका गैरकानुनी रुपमा विदेश लगिएको देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९ औँ प्रतिवेदनअनुसार १४९ बालबालिका धर्मसन्तानका नाममा गैरकानूनी रुपमा विदेशमा लगिएको देखिएको हाे।
गेटा मेडिकल कलेज, अस्पताल कैलाली र कोभिड–१९ यूनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)बीच द्विपक्षीय सम्झौता भएको छ ।