• १४ वैशाख २०८१, शुक्रबार

धरान प्रमुख साम्पाङ्गको स्वर रहेको हाइकिङ्ग गीत सार्वजनिक

blog

निशा राई

धरान, साउन १० गते । धरानमा हाइकिङ्ग जाने प्रचलनलाई ब्यापकता बनाउनमा ठूलो भूमिका निभाउने सेवक अभियानले हाइकिङ्गसँग सम्बन्धित हाइकिङ्ग गीत सार्वजनिक गरेको छ। 

धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक कक्षमा प्रमुख हर्कराज राई (साम्पाङ), उपप्रमुख अइन्द्रविक्रम बेघा र गीतकार तथा सेवक अभियानका अध्यक्ष हलवाईले संयुक्त रुपमा उक्त गीतको अडियो विमोचन गरेका थिए  भने प्रमुख अतिथि प्रमुख राईले सो गीतको लिरिकल भिडियो  समेत सार्वजनिक गर्नुभयाे ।

उक्त गीतमा चर्चित गायकहरु राजेशपायल राई, शिव लामिछाने, डिल्ली फम्बो गायिकाहरु मेलिना राई, प्राश्ना शाक्य, रमना श्रेष्ठ, पम्फा चहारसँगै प्रमुख हर्क साम्पाङको समेत स्वर रहेको छ । धरानको भावना स्टुडियोमा रेकर्ड गरिएको गीतको संगीत मनोज मोतेको रहेको छ ।

पर्यटन प्रवद्र्धन र प्रकृतिमूलक गीत स्वास्थ्यका लागि प्रवद्र्धन गर्ने उद्देश्यले ल्याइएको र चाँडै नै यस गीतको म्यूजिक भिडियो समेत निर्माण गरिन लागेको गीतकार राजिब हलवाईले बताउनुभयाे । २०७४ भदौ ३१ बाट सेवक अभियानमार्फत् हरेक शनिबार हाइकिङ्ग जान थालिएकोमा अहिले सम्म २१८ सप्ताह पूरा भैसकेको छ । 

सिल्भर इन्टरटेण्टमेन्टको सहकार्यमा सेवक अभियानले गीत निर्माण गरेको हो । सोही कार्यक्रममा धरानमा प्याकेजिंग गरेर अनुपमा प्याकेजिंग उद्योगले उत्पादन गरेको धरान टि मेयर, उपमेयर लगायत अतिथिहरुलाई हस्तान्तरण गरिएको थियो ।कार्यक्रममा धरान सरोकार समाजका अध्यक्ष प्रभु प्रसाद श्रेष्ठ, धरान फुटबल क्लब का अध्यक्ष तथा नेपाली कांग्रेसका नेता किशोर राई , चर्चित गायक डिल्ली फोम्बो लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो। 

तल क्लिक गरेर भिडियाे लिंकमा जान सक्नुहुन्छ 

धरान प्रमुख साम्पाङ्गको स्वर रहेको हाइकिङ्ग गीत सार्वजनिक