• १४ वैशाख २०८१, शुक्रबार

माओवादी अध्यक्ष प्रचण्ड पाँचदिने जापान भ्रमणमा जानुहुँदै

blog

गोरखापत्र अनलाइन

काठमाडौं, साउन १० गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ साउन २१ गतेदेखि पाँचदिने जापान भ्रमणमा जान लाग्नुभएको छ । 

उहाँसँगै स्वकीय सचिव रमेश मल्ल, कान्छी छोरी तथा स्वकीय सचिव गंगा दाहाल र प्रचण्डका सुरक्षा सहयोगी नारायणप्रसाद ढुंगाना जापान भ्रमणमा जानुहुनेछ । 

जापानस्थित नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन उहाँ साउन २१ गते त्यता जान लाग्नुभएको अध्यक्ष प्रचण्डका निजी सचिवालयले पुष्टि गरेको छ।

नेपाल र जापान सरकारबीचको दौत्य सम्बन्ध प्रगाढ पारी नेपालमा वैदेशिक लगानीको वातावरण सिर्जना गर्न र पर्यटन प्रवर्धनमा योगदान पुर्याउनका लागि आवश्यक पहल गर्न उहाँ जापान भ्रमणमा जान लाग्नुभएको सचिवालयले जानकारी दिएको हो ।

सचिवालयका अनुसार भ्रमण गर्नुअघि मञ्चलगायत कार्यक्रमबारे सार्वजनिक हुनेछ । यसअघि हालै उहाँले भारतमा भ्रमण गर्नुभएको थियो ।