• २० वैशाख २०८१, बिहिबार

गृहमन्त्री खाण र माओवादी नेता श्रेष्ठबीच भेटघाट

blog

काठमाडौँ, साउन ११ गते । गृहमन्त्री बालकृष्ण खाणले नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट गर्नुभएको छ । 

श्रेष्ठ निवास हात्तीवनमा बुधबार बिहान भएको भेटवार्तामा राष्ट्रिय राजनीति र समसामयिक विषयमा कुराकानी भएको थियो । ‘राष्ट्रिय राजनीति र समसामयिक राजनीतिबारे नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठसँग कुराकानी भयो,’ गृहमन्त्री खाणले भन्नुभयो । 

राष्ट्रिय सभामा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक बिहीबार निर्णयार्थ प्रस्तुत हुँदैछ । राष्ट्रिय सभाका सदस्य श्रेष्ठसँग गृहमन्त्री खाणले भेट गर्नुभएको हो ।