लमजुङमा बोल्न र सुन्न नसक्ने एक महिलाको हत्या भएको खुलेको छ ।
युक्रेनबाट खाद्यान्न आपूर्ति भएपछि विश्वमा खाद्यान्नअभावको समस्या केही हदसम्म समाधान संयुक्त राष्ट्र संघले बताएको छ । खाद्यान्न बोकेको पानी जहाजलाई पहिलो खेप युक्रेनी बन्दगाह (हाल रुसी कब्जा)बाट सुरक्षित रुपमा गन्तब्यतर्फ पठाउन सबै सम्बद्ध पक्षहरुले तयारी थालेका छन् ।
पाल्पामा आर्थिक वर्ष (आव) २०७८÷०७९ का लागि विनियोजन भएको कुल बजेटको ७८ प्रतिशत खर्च भएको छ । जिल्लास्थित कार्यालयहरूको चालुतर्फ र पूँजीगततर्फ विनियोजन भएको कुल बजेट १४ अर्ब ९७ करोड ६१ लाख बजेटमध्ये ११ अर्ब ६३ करोड १० लाख खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय पाल्पाले जनाएको छ ।
सप्तरीको सदरमुकाम राजविराजस्थित रहेको सरकारी कार्यालयका पर्खालहरु यतिबेला आकर्षणको केन्द्र बन्दै गएको छ । ती पर्खालहरु मिथिला चित्रकलाले रङ्गिएको छ। धार्मिक परम्परा र संस्कृतिलाई जोगाउनुका साथै सरसफाइको दृष्टिले कार्यालय परिसर क्षेत्रमा मिथिला कलामार्फत् देवी देवताका चित्र बनाउन लागेको हो ।
बागलुङ नगरपालिका बागलुङको अघिल्लो नेतृत्वले नगर गौरवको योजना अन्तर्गत आधुनिक बसपार्क निर्माण गरेको छ । करिब दुई दशकको अथक प्रयासपछि बसपार्क भनेपछि व्यवसायिक तथा सेवाग्राही दुःखी थिए ।
बेलायतस्थित एक अधिकार समूहले बिहीबार फुटबल विश्वकपका क्रममा हजारौं विदेशी कामदार भर्ती गर्दै कतारका होटलहरुमा रंगभेद, अत्यधिक श्रम र श्रमिक अधिकारको प्रत्याभूत गर्न आग्रह गरेको छ ।
यमनमा यहाँको सरकार र हुथी विद्रोहीहरुका बीचमा जारी भएको युद्धविरामका क्रममा पनि कम्तीमा पनि ८१ जनाको ज्यान गएको बताइएको छ । हिंसात्मक विद्रोह जारी रहेको यहाँ गत अप्रिल २ बाट युद्धविराम सुरु भएको थियो । अन्तर्राष्टिय रुपमा मान्यता प्राप्त यमनी सरकार र यहाँका हुथी विद्रोहीका बीचमा शान्तिपूर्ण वार्ताका माध्यमबाट हिंसा अन्त्यको मार्ग खोज्नका लागि युद्धविराम भएको थियो ।
गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । तम्घासबाट निर्माणका सामग्री लिएर पौदी अमराई जाँदै गरेको लु २ त ५६०३ नम्बरकाे ट्याक्टर जिल्लाको मुसिकोट नगरपालिका वडा नम्वरको २ को देउरालीमा दुर्घटना भएको हो ।
केही महिनादेखि युक्रेनका विभिन्न भागमा भीषण हमला गर्दै आएको रुसले कब्जामा लिएका खेर्सान र जापोरिजिया क्षेत्रमा अत्यधिक मात्रामा सेना तैनाथ गरेको छ ।
नेपालमा असार १ गतेबाट कोरोना सङ्क्रमणदर पुनः बढेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कमा सङ्क्रमणदर बढेसँगै एक महिनाभित्र साउन १ गते एक जना कोरोना सङ्क्रमितको मृत्यु भएकाे छ । सङ्क्रमणका कारण चार महिनाअघि मात्र सङ्क्रमितको मृत्यु भएकाे थियाे । साउन एक गतेदेखि हिजाेसम्म अर्थात १० दिनमा ७ जना सङ्क्रमितको मृत्यु भएको छ ।
विगत लामो समयदेखि चल्दै आएको आर्थिक वर्षको अन्तिम महिनामा हतारमा विभिन्न काम गरेको जस्तो देखाएर ठूलो रकम खर्च गर्ने प्रवृत्ति यस पटक पनि बाँकेमा दोहोरिएको छ ।
जनता समाजवादी पार्टी, नेपालबाट अलग हुनुभएका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा ‘नेपाल समाजवादी पार्टी’ गठन हुँदैछ । नयाँ गठन हुने भनिएको भट्टराई नेतृत्वको पार्टीका प्रवक्ता डम्बर खतिवडाले निर्वाचन आयोगमा दर्ता रहेको समावेशी लोकतान्त्रिक पार्टीसँग एकता गरेर ‘आँखा’ चुनाव चिह्न लिएर नयाँ पार्टी बनाउने प्रयत्न भइरहेको बताउनुभयो ।
गृहमन्त्री बालकृष्ण खाणले नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट गर्नुभएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले तीन तहका सरकारबीच समन्वयात्मक तालमेल नमिल्दा सङ्घीयता कार्यान्वयन नभएको बताउनुभएको छ ।
भारतमा बितेका २४ घण्टामा देशका विभिन्न भागमा १४ हजार आठ सय ३० जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ ।