कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा अर्को अस्पताल बन्न सुरु भएको छ । संघ सरकारको सहयोगमा नगरपालिका वडा नं ५ को कुमालकोटमा १५ श्य्याको अस्पताल बन्न सुरु गरेको हो । धुलिखेल निर्माण सेवा काठमाडौंले रास्कोटमा अस्पताल निर्माणको काम गरिरहेको छ ।
नेपाल आयल निगमले तत्काल इन्धनको मूल्य घटाउन नसकिने बताएको छ । निगमले यस अघि बुधबार विज्ञप्ति सार्वजनिक गर्दै पेट्रोलियम पदार्थमा अझै घाटा रहेकाले तत्काल मूल्य नघट्ने प्रष्ट पारेको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजबाट ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान सञ्चालन गरेको छ । आइतबार एक कार्यक्रम आयोजना गरेर पुनः काठमाडौं उपत्यकामा नो हर्न अभियानलाई प्रभावकारी बनाइने लागेको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनमा काठमाडौं महानगरपालिका, पद्यकन्या बहुमुखी क्याम्पस र कान्तिपुर डेण्टल कलेज तथा हस्पिटलसँगको सहकार्यमा सो अभियान सञ्चालन गरिएको हो ।
सिन्धुपाल्चाेककाे हेलम्बु गाउँपालिका १ तिम्बु बस्ने ३५ वर्षीय छिरिङ्ग शेर्पाकाे सशस्त्र प्रहरीले सकुशल उद्धार गरेकाे छ । उहाँ गोरेटो बाटो हिँड्ने क्रममा चिप्लिएर बाटोबाट करिब ५० मिटर तल मेलम्ची खोलामाथिको भिरमा अड्किनु भएकाे थियाे ।
गुल्मीको रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै गरेको लु१ख १८६६ नंको ट्रक रेसुङ्गा–१० सिमिचौरमा पल्टिँदा चालक गुल्मीदरबार गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ढेगाको ज्यान गएको छ ।
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना रहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित गुह्वेश्वरी बाल शिक्षा माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन एवं सम्मान तथा पुरस्कार वितरण समारोहमा सम्बोधन गर्दै उहाँले देशको विकास गर्ने छुट्टै प्रकारको रोडम्याप आफूसमक्ष रहेको बताउनुभएको हो ।
सप्तरीमा एक वर्षको अवधिमा १४१ जना लागूऔषध कारोबार तथा सेवन गर्ने पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, सप्तरीको एक तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८÷०७९ मा जिल्लाका विभिन्न ठाउँबाट २४० ग्राम ब्राउन सुगरसहित छ हजार २५७ नाइट्रोभेट, ६६३ नाइट्रोजन र १२ नाइट्राजेफान ट्याबलेट बरामद गरिएको हो ।
जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार बेलुका ७ बजेतिर रामपुर–५, स्थित कालीगण्डकी कोरिडोर अमराइमा लु १ ज ४१३३ नम्बरको जिप र लु १ ह ४१३८ नम्बरको अटो ठोक्किँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा परी तीन जना घाइते भएका छन् ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले भेरी र कर्णाली करिडोरलाई प्राथमिकता दिने बताउनुभएको छ । विकास र सुशासन नै समृद्धिको आधार भएकाले ठूला योजनालाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको हो ।
संस्कृतिलाई पर्यटनसँग जोडिएर रात्रिकालीन साँस्कृतिक पदयात्रा कीर्तिपुरमा साउन २७ गते सञ्चालन गर्ने भएको छ । परापूर्वकाल देखि नेवाः समुदायमा धार्मिक, साँस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको बहाः चाःहिलेगु पर्व मनाइँदै आइरहेको छ ।
कालीकोट जिल्लाको शान्नीत्रिवेणी गाउँपालिकाको मुल सडक एक महिना पछि सुचारु भएको छ । गत असारको १९ गते वाट अवरुद्ध भएको सान्तीघाट मेहेलमुडीको मुल सडक शुक्रबार साँझबाट सञ्चालनमा आएको हो ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–जापान सम्बन्धलाई अझ सुदृढ बनाउन आफ्नो ध्यान केन्द्रित हुने बताउनुभएको छ । पाँचदिने जापान भ्रमणमा रहनुभएका अध्यक्ष दाहालले आज टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली पत्रकारसँगको कुराकानीमा नेपाल–जापान सम्बन्धका बारेमा त्यहाँका राजनीतिक दलका नेतासँग आफूले छलफल गर्ने बताउनुभयो ।
जीवनको ५० औँ वर्ष रङ्गमञ्चमा बिताउनुभएका निर्देशक अशेष मल्ल ‘तुवाँलोले ढाकेको बस्ती’ नाटकबाट आफ्नो नाटक यात्रा सुरु गर्नुभएको हो । बाल्यकालदेखि नाटकमा रुची भएका निर्देशक मल्लको जन्म २०११ साल चैत २१ गते धनकुटामा भएको हो ।
कोसीबाढी गोबरगाढाका कटान गरेको स्वास्थ्य चौकी र विद्यालय । तस्बिर – माला कर्ण
जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला मङ्गलबारदेखि सुरु भएको छ । गोसाइँकुण्ड जनैपूर्णिमा मेला नागपञ्चमीदेखि जनैपूर्णिमासम्म लाग्ने गर्दछ ।