• ७ जेठ २०८१, सोमबार

अध्यक्ष प्रचण्डद्वारा हिरोसिमास्थित सङ्ग्रहालयको अवलोेकन

blog

गाेरखापत्र अनलाइन

काठमाडौं, साउन २२ गते । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पष्पकमल दाहाल 'प्रचण्ड' जापान भ्रमणका क्रममा आइतबार हिरोसिमा शहरमा पुग्नुभएको छ । 

नेपाल जनप्रगतिशील मञ्चको निमन्त्रणामा जापान जानुभएका अध्यक्ष प्रचण्डले आइतबार आणविक बम खसेको हिरोसिमास्थित रहेको सङ्ग्रहालयको अवलोकन गर्नुभएको उहाँका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभएकाे छ।

शनिबार जापान पुग्नुभएका उहाँले सोही दिन जापानको फुकुओकामा आयोजित नेपाल फेस्टिभल कार्यक्रममा समुद्घाटन गर्नुभएको थियो । 

यससँगै जापानका सत्तारुढ दल लिवर डेमोक्रेटिक पार्टीका नेताहरुसँग पनि भेटघाटको कार्यक्रम रहेको सचिवालयले जनाएको छ । 

अध्यक्ष प्रचण्डसहितको टोली साउन २५ गते नेपाल फर्कने कार्यतालिका रहेको छ ।