• २० असार २०८१, बिहिबार

पहिरोको जोखिममा मुक्तिकोट

blog

स्वामिकार्तिक खापर गाउँपालिका –१ मुक्तीकोट बस्तीको माथिबाट बगेको पहिरो । तस्बिर – शेरबहादुर सार्की, बाजुरा

शेरबहादुर सार्की

बाजुरा, साउन २२ गते । जिल्लाको पूर्विउत्तर क्षेत्रमा रहेको स्वामिकार्तिक खापर गाउँपालिकाको –१ को मुक्तिकोटको दलित बस्ती पहिरोको उच्च जोखिममा रहेको छ । 

झण्डै ३९५ दलित घरपरिवार रहेको सो गाउँमा माथिबाट २०७८ साल सारमा गएको पहिरोले यो वर्षामा पनि ठूलो रुप लिँदै गएपछि यहाँको माझगाउँ, खोलीकोट खोला, मेला, भुवाटुस्कालगायतका टोल निकै जोखिममा रहेका छन् ।

स्वामिकिार्तिक खापर गाउँपालिका –१ का स्थानीय  मनबहादुर विकले , गत वर्षको असारमा बस्तीको माथिबाट पहिरो गएको हो । अहिलेको वर्षामा त्यो पहिरो फेरि बग्न सुरु गरेपछि बस्ती नै जोखिम भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, बस्ती जोखिममा कतै सुरक्षित ठाउँमा बसाइ गरिदिनु भनेर स्थानीय प्रदेश र सङ्घीय सरकारसँग कयौँ पटक पहल गर्यौं तर  पनि अहिलेसम्म कतैबाट पनि कुनै सुनुवाइ नभएको बताउनुभयो ।