• १६ चैत २०८०, शुक्रबार

रास्कोटमा अर्को अस्पताल बन्न सुरु

blog

रास्कोट नगरपालिकामा बन्दै गरेको अर्काे अस्पताल, तस्विरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, साउन २२ गते । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा अर्को अस्पताल बन्न सुरु भएको छ । संघ सरकारको सहयोगमा नगरपालिका वडा नं ५ को कुमालकोटमा १५ शय्याको अस्पताल बन्न सुरु गरेको हो ।

धुलिखेल निर्माण सेवा काठमाडौंले रास्कोटमा अस्पताल निर्माणको काम गरिरहेको छ । 

कुमालकोटमा अब १५ शय्याको अस्पताल करिब एक वर्षमा निर्माण हुनेछ । १५ करोड ५० लाखमा बन्ने अस्पताल र रास्कोट अस्पताल गरी नगरपालिकामा दुई वटा सरकारी अस्पताल हुनेछन् ।

गत वर्ष यही अस्पतालका लागि भएको ठेक्का स्वास्थ्य मन्त्रालयले रोकेको थियो ।

नगरपालिकामा अस्पताल रहेकाले अर्को अस्पताल तत्काल बनाउन नहुने भन्दै मन्त्रालयले ठेक्का रोके पनि पुनः मन्त्रालयले प्रक्रिया अगाडि बढाएको हो ।  

नगरपालिकाका इन्जिनियर नरेशबहादुर शाहीले करिब २५ प्रतिशत काम सकिएको बताउनुभयो ।