• १५ वैशाख २०८१, शनिबार

जसपा अध्यक्ष उपेन्द्र यादवसँग सीके राउतकाे भेटवार्ता

blog

काठमाडौं, साउन २२ गते । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग  जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले भेटवार्ता गर्नुभएको छ । 

अध्यक्ष राउतको निजी सचिवालयका अनुसार जसपा अध्यक्ष यादवसँग आइतबार बिहान भेटवार्ता गरेकाे हाे । यसअघि लोसपा अध्यक्ष ठाकुरसँग केही दिनअघि भेटवार्ता गर्नुभएको थियाे । 

भेटघाटमा मङ्सिर ४ गते हुने सङ्घीय निर्वाचनमा सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं. २ बाट डा. राउतले उम्मेदवारी दिने विषयमा छलफल भएको छ । 

जनमत पार्टीले रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीलगायत अन्य दलहरुसँग पनि विभिन्न चरणको सम्वाद जारी राखेको बताइएकाे छ ।