• २० असार २०८१, बिहिबार

भीरमा अड्किएका एक जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

blog

गाेरखापत्र अनलाइन

काठमाडाैँ, साउन २२ गते । सिन्धुपाल्चाेककाे हेलम्बु गाउँपालिका १ तिम्बु बस्ने ३५ वर्षीय छिरिङ्ग शेर्पाकाे सशस्त्र प्रहरीले सकुशल उद्धार गरेकाे छ ।

उहाँ गोरेटो बाटो हिँड्ने क्रममा चिप्लिएर बाटोबाट करिब ५० मिटर तल मेलम्ची खोलामाथिको भीरमा अड्किनुभएकाे थियाे ।

सशस्त्र प्रहरी बल, नेपाल खानेपानी आयोजना, सुरक्षा बेस मेलम्ची र इलाका प्रहरी कार्यालय मेलम्चीबाट संयुक्त टोलीले उहाँकाे उद्धार गरेको हो ।