• २० असार २०८१, बिहिबार

ट्रक पल्टिँदा चालकको मृत्यु

blog

तम्घास, साउन २२ गते । गुल्मीको रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै गरेको ट्रक रेसुङ्गा–१० सिमिचौरमा पल्टिँदा एक चालककाे ज्यान गएकाे छ ।

 लु. १ ख १८६६ नं को ट्रकका चालक गुल्मीदरबार गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ढेगाको ज्यान गएको हाे ।     

आज विहान ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधव खरेलले जानकारी दिनुभयो । ट्रक बाटोबाट करिब दुई सय मिटर तल खसेको थियो ।