कर्णाली प्रदेशको आकर्षक पर्यटकीय स्थलको रुपमा रहेको रुकुम पश्चिमको स्यार्पु सुन्दरताले आन्तरिक पर्यटकको मन तानेको छ । जिल्लाको बाँफिकोट गाउँपालिकाको ३ र ५ नम्बर वडाको २.६ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको स्यार्पुताल वर्षासँगै टम्म भरिएर थप आकर्षक बनेको कारण पर्यटकहरु बाक्लिन थालेका हुन् ।
काठमाडौं, साउन २८ गते । गाईजात्रा अर्थात् नेवार समुदायमा 'सापारु' । सापारु काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा धूमधामका साथ मनाइन्छ । सापारु नेपाल संवत् अनुसार गुंलागाः पारु अथवा भाद्र शुक्ल प्रतिपदा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट पर्दछ । वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको सापारु पर्व नेवाः समुदाय रहेका विभिन्न ठाउँमा मनाइने गरिन्छ ।यस्तै, नेपाली समाजमा सापारु व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ । सापारुमा नेवाः समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन् । यस दिन भजन कीर्तन पनि गरिन्छ ।संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठ वर्षभरिमा कति मानिस मरे भन्ने थाहा हुने कारण यसलाई मृत्य गणनाको उत्सव पनि भन्न मिल्ने बताउनु हुन्छ । ऐतिहासिक प्रमाण अनुसार पुत्रशोकले विव्हल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन मध्ययुगका राजा प्रताप मल्लले जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा सापारु निकाली सहर परिक्रमा गराउनु आज्ञा दिएको उल्लेख छ । यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेशसँगै यस प्रचलन चलेको हो भन्ने जनविश्वास रहेको छ ।पितृको सम्झनामा नेवार समुदायले यो जात्रा मनाउने गर्दछन । दिवङ्गत आफन्तको सम्झना तथा आत्माको शान्तिका लागि सापारु पर्व मनाइन्छ । हिन्दुधर्म अनुसार यस पर्वका बारेमा अर्को पनि जन विश्वास रहेको पाइन्छ । यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा सापारु निकालेपछि यमलोकको ढोका खुल्ने र मृत आत्माहरूले यमलोक प्रवेश पाई मुक्ति पाउने भन्ने मानिन्छ । यस पर्वका क्रममा प्रहसन सामाजिक विकृतिप्रति व्यङग्यात्मक प्रदर्शन नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणका कारुण रसका गीतहरू पनि गाइने चलन छ । सापारुका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रको आयोजना गर्ने गरिन्छ ।संस्कृतिविद् श्रेष्ठका अनुसार, अभिलेखहरूले नेपालमा लिच्छविकालदेखि नै गाईलाई उच्च महत्त्व दिएको पाइन्छ । सा अर्थात् गाई पारु भन्नाले प्रतिपदा । प्रतिपदाको दिन मनाउने कारण सापारु भनिएको हो । मानिसलाई सभ्याताको संसारमा पाइला टेकाउन गाईको ठूलो योगदान रहेको छ ।उहाँ भन्नुहुन्छ, “लिच्छविकालको अभिलेखमा साँढे जुधाएर गरिने जात्राको उल्लेख भएको हामी पाउँछौँ । मध्यकालीन धार्मिक, सांस्कृतिक जीवनमा अलौकिक शक्तिको महत्त्व बढेसँगै चाडका रूपमा गाईजात्राको महत्त्व पनि बढेको थियो ।आजको दिनलाई वर्षभरिमा मरेका आफ्नाहरुको मुक्तिका लागि मनाइने जात्रा पनि भनिन्छ । मरेकाहरुको लागि यस दिन गाईलाई विधिवत रूपमा नगर परिक्रमा गराएमा दिवंगत आत्माहरू सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वास पनि छ । संस्कृतिविद् श्रेष्ठले ६०० वर्षअघिको गोपालराज वंशावलीमा ‘सायात’ भन्ने शब्द उल्लेख गरिएको भन्दै ’सा’को अर्थ गाई र ‘यात’ को अर्थ जात्रा भएको उल्लेख गर्नुभयो । त्यसबाहेक भक्तपुर दरबार क्षेत्र परिसरमा रहेको जितामित्र मल्ल र भूपतिन्द्र मल्ल राजाका शिलालेखमा पनि यो जात्राको चर्चा गरिएको उहाँको भनाइ छ ।भक्तपुरमा पनि सापारुका छुट्टै रौनक र आकर्षण छ । विभिन्न साँस्कृतिक बाजा खिङ, धिमे, तं, भुस्याः बाजाका साथ ताहामच्चासगै घिन्ताङ्गघिसी नाच प्रदर्शन गरिन्छ ।उहाँ भन्नुहुन्छ, “एउटा धार्मिक आस्था के छ भने गाईजात्राको दिनमा गाईको पुच्छर समातेर वैतरणी नदी पार गर्दा स्वर्गमा पुगिन्छ भन्ने मान्यता छ, भक्तपुरमा केटा मर्दा केटाको लुगा र केटी मर्दा फरिया डोकोमा बेरेर गाईको चित्र र त्यसमा परालको सिङ गुथेर सिन्दूर, टीका र मालाले पूजा गरिन्छ र नगर घुमाउने चलन छ ।’’ भक्तपुरमा सापारुको दिन र त्यसपछिको सात दिनसम्म पनि विभिन्न नाच व्यङ्गात्मक नाटक साँस्कृतिक कार्यक्रमहरू प्रर्दशन गर्ने प्रचलन छ । तलेजु भवानीको तहामच्चाको नगर परिक्रमाबाट सापारु शुरु हुन्छ भने बेलुका पख भैरव र भद्रकालीको तहामच्चा ल्याएपछि समाप्त हुने संस्कृतिविद् श्रेष्ठले बताउनुभयो । तस्बिरहरु : उपेश महर्जन
रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका तक्सेरामा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू चढेको जीप दुर्घटना हुँदा नेपाल प्रहरीका रुकुमपूर्व प्रमुख नायब उपरीक्षक प्रकाश डाँगीसहित चार जना घाइते हुनुभएको छ । घाइतेमध्ये गम्भीर घाइते प्रहरी जवानलाई थप उपचारका लागि अस्पतालसम्म पुर्याउन नेपाली सेनाको हेलिकप्टर पठाउन गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
कपिलबस्तुको बुद्धभूमि नगरपालिकास्थित बेल र गुडरुङ नदीको कटानका कारण वर्षौंदेखि दरखसवा गाउँका ७५ घरपरिवार उच्च जोखिममा छन् । दुवै नदीले पुर्व र पश्चिमबाट वर्षौंदेखि गाउँबस्ती नजिकै कटान गरे पनि नदी नियन्त्रणको खासै प्रयास नहुँदा स्थानीय बासिन्दा वर्षाको समयमा रातभर जाग्राम बस्न बाध्य भएको बताउँछन् ।
जलवायु परिवर्तनको असरका कारणबाट हुने मौसमजन्य प्राकृतिक प्रकोपको बढ्दो जोखिमलाई कम गर्न नेपालको जल तथा मौसम विज्ञान विभाग (डिएचएम) र फिनल्याण्डको फिनिस मेटेरोलोजिकल इन्स्टिच्युट (एफएमआई)बीच थप सहकार्य गरी अघि बढ्ने सहमति भएको छ ।
रसुवा, साउन २८ गते । रसुवा जिल्लाको गोसाइँकुण्ड गाँउपालिका -५ स्थित गोसाइँकुण्ड तीर्थबाट साउन २७ गते घर फर्कने क्रममा लेक लागी बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । बेहोस हुनेहरुमा नुवाकोट जिल्लाको ककनी गाँउपालिका -८ बस्ने ४५ वर्षीय नारायण भण्डारी र सोही जिल्लाको बिदुर नगरपालिका ११ बस्ने २० वर्षीया साधना प्याकुरेल र धादिङ्ग जिल्लाको निलकण्ठ नगरपालिका -३ बस्ने १० वर्षीय निर्जिव दुवाडी छन् । सो बारे जानकारी प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गुल्म रसुवाबाट गएको सशस्त्र प्रहरीले उहाँहरुलाई पिठ्यूमा बोकी धुन्चे अस्पताल ल्याउने क्रममा उनीहरुको बाटोमै स्वास्थ्यमा सुधार आएपछि आफन्तको जिम्मा लगाई पठाइएको छ ।
गोरखापत्र अनलाइनकाठमाडौं, साउन २६ गते । ओमधरानन्द राजोपाध्यायबाट सङ्कलित कान्तिपुरको ‘रूद्राभिषेकपद्धति’ पुस्तक सार्वजनिक भएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मखनस्थित महिन्द्रेश्वर महादेव परिसरमा पञ्चाभिषेक रूद्री समापन कार्यक्रममा सो पुस्तक सार्वजनिक गर्नुभएको हो ।मन्त्री श्रेष्ठले पवित्र र भव्य धार्मिक अनुष्ठानमा सहभागी हुन पाउँदा र पुस्तक विमोचन गर्न पाउँदा निकै आनन्द र खुसी लागेको बताउनुभयो ।यसैबीच, राजोपाध्याय समाजले मासिक रूपमा आयोजना गर्दै आएको पञ्चाभिषेक रूद्री समापन भएको छ । काठमाडौं उपत्यकाका तीनै शहरबाट ३५ जना राजोपाध्याय ब्राह्मणबाट कोरोनाबाट समाजलाई मुक्त गर्नको लागि विभिन्न पूजा गरिएको समाजका महासचिव विराज राजोपाध्यायले गोरखापत्र अनलाइनलाई जानकारी गराउनुभयो । १०८ कलश यात्राबाट शुरु गरिएको कार्यक्रममा देव ब्राह्मण ११ जनाबाट लघु रूद्राभिषेक, नौ जनाबाट नवचण्डी, शिव पञ्चाङ्ग पाठ गरिएको थियो । करिब १० हजार सङ्ख्याको अयुताहुति यज्ञसमेत सम्पन्न गरिएको थियो । काठमाडौंमा महिन्द्रेश्वर महादेव मखनमा, पाटनमा विश्वेश्वर महादेव मङ्गलबजार र भक्तपुरमा तिलेश्वर महादेव टौमढीमा मासिक रूपमा रूद्रीपाठ गरिँदै आएको हो ।
सन्तोष राउतसोलुखुम्बु, साउन २६ गते । स–ना साँघुरा टहराबाट विगत ५४ वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको सोलुुखम्बुको जिल्ला अस्पताल फाप्लुको सुविधासम्पन्न भवन तयार भएको छ । विविध कारणले वर्षौंदेखि बन्न नसकेको भवन सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङबु शेर्पाले सरोकारवाला निकायमा पहल र समन्वय बढाएपछि भवन निर्माण भएको हो ।जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद निरौला र सोलुदूधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेलजाङबु शेर्पाले बुधबार संयुक्त रुपमा उद्घाटन गरेपछि लिफ्ट सहितको अपाङ्गमैत्री नयाँ भवनबाट एकीकृत स्वास्थ्य सेवा शुरु हुने भएको छ ।अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौलाले अस्पतालको दरबन्दीअनुसारको जनशक्ति र उपकरण व्यवस्थापनमा स्थानीय तह, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गर्ने बताउनुभयो । सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङबु शेर्पाले जिल्ला अस्पताल भौतिक पूर्वाधारमा अब्बल बनेकाले अब सेवा प्रवाहमा चुस्त र स्तरीय बनाउन लाग्नुपर्ने बताउनुभयो । जनशक्ति र आवश्यक उपकरण व्यवस्थापनमा नगरपालिकाले सहजीकरणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता उहाँको छ । यसअघि अपर्याप्त संरचनाबाट अधिकतम सेवा दिँदै आएकोमा भौतिक पूर्वाधार पर्याप्त र सबल बनेकोमा खुसी व्यक्त गर्दै अस्पतालका निमित्त कार्यालय प्रमुख सानी शेर्पाले आवश्यक जनशक्ति र उपकरण व्यवस्थापन हुनसके जिल्ला अस्पतालको सेवा प्रवाहमा उल्लेख्य सुधार ल्याउन सकिने बताउनुभयो ।सहरी विकास मन्त्रालयको करिब २१ करोड २१ लाख रुपियाँको लागतमा निर्माण भएको ३० शैय्याको अस्पताल भवन वि.सं. २०७६ साल पुस २७ गतेबाट निर्माण सुरु भई गएको असार २५ गते निर्माण कम्पनीले अस्पताललाई हस्तान्तरण गरेको थियो । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पाइला टेक्ने सर एडमन्ड हिल्लारीले ५४ वर्षअघि स्थापना गर्नुभएको फाप्लु अस्पताल करिब ६४ रोपनी क्षेत्रफलमा फैलिएको छ । हालै नवनिर्मित भवन सात रोपनी क्षेत्रफलमा बनेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालको आफ्नै सुविधासम्पन्न भवन नहुँदा लामो समयदेखि पुरानो भवनबाट सेवा प्रवाह हुँदै आएको थियो । सरकारले कर्मचारीको दरबन्दी घटाउँदा सेवा प्रवाहमा चुनौतीको सामना गर्नुपरेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।
रेखीराम रानापाल्पा, साउन २६ गते । पुरानो भवनबाट सेवा दिँदै आएको जिल्लाको पूर्वी भेग रामपुरमा रहेको रामपुर अस्पतालले नयाँ भवनबाट सेवा सुरु गरेको छ । वि.स. २०७२ सालमा ५० शैय्याको रुपमा स्तरोन्नति भएको अस्पतालको व्यवस्थित भवन नहुँदा पुरानै भवनबाट सेवा दिइएको थियो । नेपाल सरकारको १८ करोड ५० लाख रुपियाँको लागतमा अस्पतालको नयाँ भवन बनेपछि सेवा सोही भवनबाट सुरु गरिएको अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकालले जानकारी दिनुभयो । आर्थिक वर्ष ०७२/७३ को पुसबाट निर्माणकार्य सुरु गरिएको भवन ढिला गरी सम्पन्न भएपछि सेवा सुचारु गरिएको उहाँले बताउनुभयो । भवनको बाहिर ट्रस र भुइँमा टायल बिछ्याउने काम अझैँ बाँकी छ । बाँकी काम समेत आगामी असोजभित्र सकिने अस्पतालले जनाएको छ । नयाँ भवनबाट सेवा दिन थालेपछि अहिले अस्पतालमा सेवाग्राहीको चाप बढेको अस्पताल प्रमुख नेत्रनारायण पोखरेलले जानकारी दिनुभयो । नयाँ भवनमा बहिरङ्ग सेवा सुरु गरेपछि दैनिक एक सयभन्दा बढी सेवाग्राही थपिएको उहाँले बताउनुभयो । नयाँ भवनबाट सेवा सुरु गरेपछि बिरामीको सङ्ख्या समेत बढेको अस्पतालले जनाएको छ । नयाँ भवनको पहिलो तल्लामा सञ्चालन भएको सेवा नागरिकले सहज रुपमा लिन पाएका छन् । बिरामीलाई आरामदायी बस्ने व्यवस्था, टिभी, खानेपानीलगायतको सुविधा उपलब्ध गराइएको उहाँले बताउनुभयो ।
पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारी र पाकिस्तानका राष्ट्रिय सभाका सदस्य तथा प्रधानमन्त्रीको विशेष सहायक रोमिना खुर्सिद अलामबीच भेटवार्ता भएको छ ।
उत्तरगया गाउँपालिका वडा नम्बर २, भाङ्गे झरनामा पर्यटकको घुईंचो बढ्न थालेको छ । रसुवा जिल्लामा धेरै मनोरम झरनाहरु रहेको मध्ये वर्षाको समयमा मात्र बन्ने यस्ता झरनाहरु हेर्न आन्तरिक तथा वाह्य पर्यटकको घुईंचो लाग्छ ।
पृथ्वीराज मार्गमा पर्ने तनहुँको म्यादे गाउँपालिका–३ धयरेमा बिहीबार बिहान ९ बजेर २० मिनेटमा माइक्रो बस दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् । दमौलीबाट पोखरा जाँदै गरेको बा ४ ख ९९९९ नम्बरकाे माइक्रो बस आफैँ अनियन्त्रित भई सम्धी खोला पुलको रेलिङमा ठक्कर खाएपछि १५ फिट तल खसेर दुर्घटना हुँदा उक्त सङ्ख्यामा घाइते भएको प्रहरीले जनाएको छ ।
टोकियो, साउन २६ गते । जापानमा पछिल्लो समयमा कोरोना भाइरसको सङ्क्रमण थप बढ्दै गएको देखिएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ एकै दिनमा दुई लाख ५० हजार चार सय तीन जनामा यो सङ्क्रमण देखिएको छ । जापानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ बुधबार मात्र यतिधेरै सङ्क्रमित पाइएका हुन् । यही अगष्ट ३ पछि यहाँ सबैभन्दा धेरै सङ्क्रमित देखिएका हुन् । अगष्ट ३ तारिखमा दुई लाख ४९ हजार ८३० जना सङ्क्रमित देखिएका थिए । सो सङ्ख्या निकै समयपछिको सबैभन्दा धेरै थियो । यहाँ काेरोना भाइरसको नयाँ उपप्रजाति ‘बिए.५’ थप द्रुतगतिमा फैलिएको बताइएको छ । उक्त प्रजाति अन्य प्रजातिका तुलनामा यो उपप्रजाति द्रुतगतिमा फैलिने प्रकृतिको रहेको पनि ती अधिकारीले जनाएका छन् । यहाँका स्वास्थ्य अधिकारीहरुले बुधबार नै दुई सय ५१ जनाको ज्यान गएको पनि बताएका छन् । यहाँ पछिल्लो समयमा गम्भीर प्रकृतिका सङ्क्रमितको सङ्ख्या पनि बढ्न थालेको पाइएको समाचारमा जनाइएको छ । जापानका ४७ मध्ये २० प्रान्तमा पछिल्लो समयमा धेरै सङ्क्रमित भेटिन थालेका पनि समाचारमा जनाइएको छ । तीमध्ये धेरै राजधानी टोकियोमा नै पाइएको बताइएको छ ।
पाँच दलीय सत्ता गठबन्धनको आगामी निर्वाचनका सम्बन्धमा बनेको कार्यदलको बैठक बिहीबार दिउँसो २ बजे बस्दैछ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भइसकेको छ ।
काठमाडौं, साउन २५ गते । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसी र विश्वस्वास्थ्य संगठन नेपालका प्रमुख डा. राजेश संभाजीराव पाण्डवबीच स्वास्थ्य मन्त्रालयमा भेटवार्ता भएको छ । सो क्रममा स्वास्थ्य राज्यमन्त्री केसीले नेपालको स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य सङ्गठनले पु¥याएको योगदान उल्लेखनीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विश्व स्वास्थ्य सङ्गठनले कोरोना महामारी रोकथाम, खोपलगायतमा अग्रणी भूमिका निर्वाह गरेको छ । यसप्रति म विश्व स्वास्थ्य सङ्गठनलाई आभार प्रकट गर्न चाहन्छु । आगामी दिनमा पनि सहयोग प्राप्त हुनेछ भन्नेमा विश्वस्त छु ।’ उहाँले पश्चिम नेपालमा कुपोषण प्रमुख समस्या रहेको भन्दै यस विषयमा पनि पहल गर्न विश्व स्वास्थ्य सङ्गठनलाई आग्रह गर्नुभयो । डा. पाण्डवले नेपालको स्वास्थ्य क्षेत्रमा आफूहरुले सदैव कटिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोरोना रोकथाम, नेपालका प्रमुख रोगहरुको रोकथाममा हामी स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर काम गरिरहेका छौँ। नेपालको स्वास्थ्य क्षेत्रलाई सुदृढ गर्न के गर्न सकिन्छ ? समन्वय गरेर अघि बढौं ।’ उहाँले विश्व स्वास्थ्य सङ्गठनको कन्ट्री कोअप्रेसनल स्ट्रयाटेजी अनुसार सहयोग गरिने बताउनुभयो । सो क्रममा विश्व स्वास्थ्य सङ्गठनका नेपालका डा.विनोद गुप्ताको पनि उपस्थित थियो ।