• ४ वैशाख २०८१, मङ्गलबार

स्याङ्जामा भएको छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

blog

वालिङ १२ लाम्पातेमा लडेर ज्यान गुमाएका पूर्णबहादुर न्यौपानेलाई उद्धार गरिँदै

राधाकृष्ण डुम्रे 

वालिङ, साउन २८ गते । स्याङ्जामा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । वालिङ र आँधीखोलामा गरी दुई जनाको ज्यान गएको हो । वालिङमा हिँड्ने क्रममा भीरबाट लडेर एक जनाको ज्यान गएको छ भने आँधीखोला गाँउपालिकामा घाँस काट्ने क्रममा लडेर एक जनाको ज्यान गएको हो । 

आँधीखोला गाँउपालिका वडा नम्बर २ रंगेठाँटी बस्ने ६० वर्षका देवनारायण सार्कीको घाँस काट्ने क्रममा लडेर ज्यान गएको हो । सार्की घाँस काट्दा काट्दै अचानक लडेर झण्डै ८० मिटर तल पुगेको र घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रवक्ता रबिन्द्र खनालले जानकारी दिनुभयो । 

यस्तै, वालिङ नगरपालिका -९ मा बस्दै आएका ६० वर्षीय पूर्णबहादुर न्यौपाने (न्यौपाने साईला) को भीरबाट लडेर ज्यान गएको छ । जनैपूर्णिमा मनाउन आफ्नो छोराको घरतर्फ जाँदै गरेका न्यौपाने वालिङ -१२ लाम्पातेस्थित गोरेटो बाटोबाट लडेर ज्यान गएको हो । बिहीबारबाट हराइरहेका न्यौपानेको शव गोरेटो बाटोबाट झण्डै ५० मिटर तल भीरमा शनिबार भेटिएको छ । दुबै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।